• गर्भवती भएकी १३ वर्षकी एक बालिकाले आफ्नो गर्भमा हुर्किरहेको बच्चा आफ्ना १० वर्षका प्रेमीको भएको दावी गरेकी छिन् ।
    बालिकाका अनुसार उनीहरुको भेट करिब १ वर्ष अगाडि भएको थियो र उनीहरुबीच पहिलो नजरमै प्रेम भएको थियो । इभान नामका बालक र डरिया नामकी बालिकाको यो जोडी रुसको झेलेग्नोगोर्स्क शहरका हुन् ।

    द सनको रिपोर्ट अनुसार यी दुवै एक टेलिभिजन शोमा सहभागी भएका थिए ।

    उनीहरुले टिभी शोमा आफ्नो सम्बन्धका बारेमा उठेका कैयौं प्रश्नको जवाफ दिए । द रसिया वन च्यानलको शो ‘फादर एट टेन’मा उनहिरुको कहानी प्रसारण भएको थियो । यद्यपि इभानको जाँच गर्ने डाक्टर इभगिनी ग्रेकोभले भने इभान बच्चा जन्माउनको लागि शुक्रकिट उत्पादन गर्न निकै अपरिपक्व भएकोले उनी बच्चाको पिता हुन नसक्ने बताएका छन् ।

    बालिका भने यो कुरा मान्न तयार छैनन् । उनले आफ्नो अन्य कुनै पार्टनर भएको कुरा पनि अस्वीकार गरेकी छिन् । रोचक त के भने एक मनोविज्ञले ती बालिकाको कुरा आफूलाई विश्वस लागेको बताएका छन् । रिपोर्टका अनुसार यी दुवै बालबालिका अभिभावकको अनुमतिपछि टिभी शोमा सहभागी भएका थिए । अभिभावकले दुवै बालबालिकाको मेडिकल जाँचको अनुमति पनि दिएका थिए ।

    यो जोडीलाई लिएर स्थानीय समाजमा भने गम्भीर बहस सुरु भएको छ । ८ महिनाकी गर्भवती डरिया र उनकी आमा बच्चालाई हुर्काउन चाहन्छन् । डरियाकी ३५ वर्षकी आमा एलेनाले आफ्नी छोरीले स्वयं यो सम्बन्ध स्वीकार गरेको बताएकी थिइन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…