काठमाडौँ, माघ ११ गते । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाए ।
मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५६औँ वर्ष शुरु हुन्छ । आजदेखि सुँगुर वर्ष पूरा गरी मुसा वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले जानकारी दिनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । शनिबार मनाइने पर्वका अवसरमा वाग्मती प्रदेशले शुक्रबार नै प्रदेशभर सार्वजनिक बिदा दिएको थियो
[caption id="attachment_70038" align="alignnone" width="1172"] सोनाम ल्होछार २८५६ को अवसरमा काठमाडौँको टँुुडिखेलमा आयोजित कार्यक्रममा सांस्कृतिक झाँकी प्रस्तुत गरिँदै ।[/caption]
[caption id="attachment_70036" align="alignnone" width="892"] तामाङ भेषभूषामा सजिएका युुवती काठमाडौँको टुँडिखेलमा शनिबार आयोजित तामाङ समुुदायको राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार कार्यक्रममा तामाङ भेषभूषामा सजिएर युुवती[/caption]