• काठमाडौं, १२ माघ । नेकपाको पहिलो नम्बरका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पूर्वसभामुख तथा आफ्ना विश्वासपात्र सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउन चाहन्थे । त्यही बमोजिम उनले वातावरण बनाइरहेका थिए । तर, एकाएक उनको सपना चक्नाचुर भयो । ओलीले नेम्वाङको पक्षमा निर्णय गर्न सक्ने अवस्था बनेन् ।

    भित्री राजनीतिक खेलका चतुर खेलाडी नेम्वाङ प्रधानमन्त्री ओलीका विश्वासपात्र भएकाले आफू निकटकालाई लाभको पद दिलाउन सक्रिय भइरहन्छन् । उनको त्यही छविले विवादबाट सधैं जोगिँदै आएका छन् । पछिल्लो मन्त्रिपरिषद् विस्तारमा आफू निकटका बसन्त नेम्वाङलाई भौतिक पूर्वाधार जस्तो शक्तिशाली मन्त्रालयको जिम्मेवारी दिलाउन सफल भए पनि मन्त्री चयनको विवादमा उनको नाम कतै जोडिएन ।

    कानुनी क्षेत्रका जानकार नेम्वाङको साथका कारण अग्नि खरेललाई महान्याधिवक्ताको बने । अधिवक्ता हरि फुयाँल सर्वोच्चको न्यायाधीश बने । ओलीको कानुनी सल्लाहाकारका रुपमा अधिवक्ता बाबुराम दाहालको बालुवाटार प्रवेशमा पनि नेम्वाङको महत्वपूर्ण भूमिका रहयो । तसर्थ प्रतिनिधिसभाको सभामुखमा नेम्वाङबाहेक अर्को व्यक्तिको कसैले परिकल्पना गरेको थिएन ।

    प्रधानमन्त्री ओलीको साथ पाएकाले समेत उनैलाई भएकाले सभामुख यात्रा पक्कापक्की जस्तै थियो । नेम्वाङले ’संसद् चलाउन सक्ने, सक्षम र नेतृत्वले उपयुक्त पात्रको चयन गर्ने’ अर्थपूर्ण टिप्पणी पनि गरेका थिए । तर, परिस्थिति अर्कै तिर मोडियो, उनको सपना चकनाचुर भयो ।

    नेकपा भित्रबाट पूर्वमाओवादी खेमाबाट अग्नि सापकोटा र देव गुरुङले सभामुखमा आकाक्षा देखाएका थिए । नेम्वाङले पूर्व माओवादीप्रति लक्षित गर्दै गुरुङले आफूलाई आपत्ति नजनाउने र सापकोटाको मुद्दा विचाराधीन रहेको टिप्पणीसमेत गर्न भ्याएका थिए । यसले आफैमात्रै उपयुक्त पात्र हुँ भन्ने नै स्पष्ट बुझ्न सकिन्थ्यो ।

    तत्कालिन एमालेबाट न्याय क्षेत्रमा सधैं पहुँच राख्ने नेम्वाङ वरिष्ठ अधिवक्तासमेत हुन् । कुनै समय पायोनियर ल फर्मबाट वकालत गर्ने नेम्वाङका सहकर्मी महान्यायधिवक्ता अग्नि खरेल र सर्वोच्च अदालतका न्याायाधीश हरिकृष्ण कार्की थिए । नेम्वाङसँगै खरेल पनि एमालेको राजनीतिमा सक्रिय भए । उनी संसदीय दलको सचेतक हुँदै कानुनमन्त्रीसम्म भए । कानुनमन्त्री भएका खरेल ओली नेतृत्वको सरकारपछि सरकारको कानुनी सल्लाहाकार महान्यायाधिवक्ता बनेका छन् ।

    नेम्वाङसँग निकट भएकैले अधिवक्ता फुयाँल पनि सर्वोच्चको न्यायाधीश बने । कार्की र फुयाँल दुवै प्रधान न्यायाधीश हुने सम्भावनासहित सर्वोच्चमा भित्रिएका हुन । प्रधानमन्त्री ओलीका संसद् र कानुनका भरपर्दा सल्लाहकार नेम्वाङ त्यही कारण संसदीय दलका उपनेता चयन भएका थिए । पहिलो संविधानसभाको अध्यक्षदेखि रुपान्तरित संसदको सभामुखसम्म भएका बेला नेम्वाङले ओलीलाई सहयोग गर्दै आए ।

    तर, पनि प्रधानमन्त्रीको साथ, संविधानसभाको अध्यक्षका रूपमा प्रतिपक्षीलाई मनाउन सक्ने खुबी, आन्तरिक राजनीतिमा पनि कमैलाई चिढ्याएको पृष्ठभूमिका नेम्वाङको यो पटक पासो उल्टो प¥यो । सबैले सभामुखका लागि निर्विकल्प उम्मेदवारका रूपमा प्रस्तुत गर्दा पनि ओलीले चाहदा चाहदै बनाउन सकेनन् ।

    कहिले काँही नयाँ खेलाडीबाट पाका खेलाडीले माख खान्छन् भनेजस्तै भयो यो पटक नेम्वाङलाई । पावर एक्सरसाइजमा अनुभवी र भद्र छविका नेम्वाङभन्दा सबै नेताहरु एकजुट बन्दा अग्नि सापकोटा बलिया देखिए । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…