• काठमाडौं, १२ माघ । पूर्व राजा ज्ञानेन्द्र शाह आज भारत पसेका छन् ।

    पूर्व राजा झापाबाट सिलगुडीतर्फ पसेका हुन् ।

    झण्डै १५ दिनदेखि झापामा बसेर फर्किएका उनी पुनः भारत तर्फ हानिएका हुन् ।

    एकाएक किन लागे पूर्व राजा भारत तिर ? राजनितिक वृतमा खैलाबैला मच्चिएको छ ।

    पूर्व राजाको व्यक्तिगत भ्रमण भनिएपनि राजनीतिक भेटवार्ता हुने स्रोतले जनाएको छ ।

    भारतमा हुने यो भ्रमणमा पूर्व राजाले भारतिय प्रधानमन्त्री नरेंद्र मोदीका अत्यान्तै नजिकका पात्र अजित डोवाललाई भेट्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

    डोवाल मोदी सरकारका राष्ट्रीय सुरक्षा सल्लाकार हुन् ।

    पूर्व राजा शाहले यसअघि थाइल्यान्डको पटक पटक भ्रमण गरेका थिए । उनी अघिल्लो वर्ष पनि भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेर फर्किएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…