• काठमाडौं । जिल्ला प्रशासन कार्यलय काठमाडौंले गायिका आस्था राउतलाई हिरासतमा राख्न अनुमति दिएको छ। अभद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ परेकी राउतलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

    राउतलाई आफन्तले महानगरिय प्रहरी परिसर काठमाडौंमा सोमबार बिहान हाजिर गराएका थिए। यसअघि उनी आफै प्रहरी कार्यालयमा आएको खन्डमा कारबाहीमा केही लचिलो बन्ने संकेत प्रहरीले दिएको थियो।

    राउतलाई प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ गर्न अनुमति दिएको थियो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित सुरक्षा जाँचका क्रममा प्रहरीबाट दुर्व्यवहार भएको भन्दै राउतले भिडियो सन्देश जारी गरेर प्रहरीलाई गाली गरेकी थिइन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…