• इलाम– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकले अहिले हिम्मत भएको राजनीतिक शक्तिको आवश्यकता जनताले महसुस गरिरहेको टिप्पणी गरेका छन्।

    अध्यक्ष लिङदेनले नेपाली राजनीतिमा कांग्रेस र कम्युनिष्टको पतन प्रारम्भ भइसकेको बताएका हुन्।

    ‘गत उपनिर्वाचनमा कांग्रेसको गढमा कांग्रेस हार्‍यो, नेकपाको गढमा नेकपा हार्‍यो, जनता सत्ता विरोधी धारमा जाँदै छन्, जनताले परिवर्तन खोजेको छन्,’ लिङदेनले भने, ‘जनताको खोजी हिम्मत भएको नेता र पार्टीको छ, त्यो संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पूरा गर्ने छ।’

    देशको मुख्य सत्रु कर्मचारीतन्त्र भएको बताउँदै उनले कर्मचारीतन्त्र नेकपा र कांग्रेसको संरक्षणमै सञ्चालित रहेकाले यी पार्टीहरुबाट परिवर्तन सम्भव नरहेको टिप्पणी गरे। ‘त्यसैले अब पहिचानका पक्षधर र अग्रगामी सोच भएको शक्ति सत्तामा पुग्नुपर्छ,’ उनले भने, ‘अनि मात्रै परिवर्तन सुनिश्चित हुन्छ।’

    संसदमा पुगेर नेकपा र कांग्रेसका भ्रष्ट सांसदहरुसँग प्रतिवाद गर्न सक्ने नेताहरूलाई जनताले छान्नुपर्नेमा जोड दिँदै अध्यक्ष लिङदेनले अब जनताका बीचमा गएर शासनसत्ता नै रुपान्तरण गर्न सक्ने र जनहितमा काम गर्ने नेतृत्व निर्माण गर्ने उद्घोण गरे।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानवीनको दायराभन्दा बाहिर रहेका ठूला विकास योजना नेपाली सेनालाई दिने र सबै मिलेर कमिशन खाने गरेको बताउँदै लिङ्देनले नेपाली सेना देशको सीमा सुरक्षामा नखटेर ठेक्कापट्टा र भ्रष्टाचारमा लिप्त भएको बताए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…