• काठमाडौं । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले दौरासुरुवालमा ठाँटिएर पद तथा गोपनियताको शपथ खाएका छन् । सर्बोच्च अदालतमा उनी विरुध्द परेको रिट निवेदन ‘हेर्न नमिल्ने’ न्यायाधीशको बेञ्चमा परेका दिन आईतबार सापकोटा प्रतिनिधि सभामा निर्विरोध चुनिएका थिए । आज शीतल निवासमा राष्ट्रिय पोशाकको नयाँ लेआउटमा पुगेका सापकोटाले राष्ट्रपतिसँग शपथ लिएका हुन् । अब उनी सवै विधिविधान सकेर संघीय संसद्को जननिर्वाचित सर्बोच्च निकाय प्रतिनिधि सभाको वैधानिक नेता भएका छन् । सापकोटाले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको छेउमा बसेर शपथ पत्रमा हस्ताक्षर गरेका थिए भने शीतल निवासबाट संसद भवन पुगेर सभामुखको हाजिरी गरेपछि संवाददाताहरुसँग औपचारिक संवाद गरे । तर उनीसँग सोधिएका खास प्रश्नहरु भने सापकोटाले आजैदेखि दरपिठ गर्न थालेका छन् । अदालतमा बिचाराधीन आफू विरुध्दको ज्यान मुद्दा कसरी किनारा लाग्ने हो भन्नेमा भन्दा बढी सापकोटालाई सामु चर्चित अमेरिकी कार्यक्रम एमसीसी नामको बढेमानको प्रस्ताव कसरी सामना गर्ने भन्ने चिन्ताले चिमोट्न थालेको हुनुपर्छ । नेकपाभित्रै चर्को विवादमा परेको एमसीसीमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको गम्भीर रुची रहेको कुरा प्रष्टै भैसकेको छ । विपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठकबाटै एमसीसी कुनैपनि विलम्ब नगरी संसदबाट पास गर्न सरकारसँग माग गरिसकेका छन् । सत्तारुढ नेकपामा पनि प्रधानमन्त्री पक्षीय समूहको यस्तै हतारो रहेकोमा कुनै शंका रहेन । अर्का अध्यक्ष पुष्पकमल दाहालको भरोसा गर्न नसकिने अडानदेखि सशंकित प्रधानमन्त्री ओलीमा सापकोटालाई सभामुख बनाएपछि त एमसीसी नरोकिएला भन्ने झिनो आशा देखिन्छ । विगतमा कृष्णबहादुर महराले यही प्रस्ताव रोकिदिएको भनेर ओलीले सार्वजनिक रुपमै आलोचना गरिसकेका छन् । यस्तो अवस्थामा सभामुखको उच्च जिम्मेवारी र जवाफदेहिता जिम्मा पाएका अग्निप्रसाद सापकोटाले कसरी आफूलाई अग्नि परीक्षामा उतीर्ण गर्नेछन् । त्यो भने केही दिन पछि नै थाहा हुँदै जाने छ । [caption id="attachment_70325" align="alignnone" width="590"] ;efd'vsf] kbaxfnL
    sf7df8f}F, !# df3 -/f;;_ M gjlgjf{lrt ;efd'v clUgk|;fb ;fksf]6f ;f]daf/ l;+xb/jf/df kb jxfnL kl5 ;~rf/sdL{ ;Fu k|lts[of lbg'x'Fb} . t:jL/ M gjLg kf}8]n , /f;; .[/caption]आज उनले शपथ लिँदा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी थिए । उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, मन्त्रिगण, सांसद, संवैधानिक अङ्गका पदाधिकारी, सुरक्षा निकायका प्रमुख, उच्च सरकारी अधिकारीले पनि सापकोटाको शपथको साक्षी बसेका छन् । शपथग्रहणपछि सभामुखले सपरिवार सामुहिक तस्बिर खिचाए । आज त उनले वधाई नै वधाई पाएका छन् । भोलि धन्यवाद पनि पाउने काम गरे भने उनको विवादाष्पद व्यक्तित्व छोपेको दौरा सुरुवालको प्रतिष्ठा रहला र विगतका प्रश्नहरुलाई नेपाली समाजले विस्मृतिमा राख्ला पनि । तर उनको भूमिका अर्कै बाटोतिर मोडियो भने त्यसको नतिजा पनि त्यही अनुरुप समाजले निर्धारण गर्ने छ भन्ने कुरा स्मृतिमा राखेर अघि बढ्नु सभामुख सापकोटाका लागि हितकारी हुने छ । (तस्बिरहरु राष्ट्रिय समाचार समिति)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…