•  

    काठमाडौं। मोरङको उर्लाबारीका ब्यापारी अनील महेश्वरी(चाण्डक) यति बेला बिराटनगरका लेखा परीक्षक प्रवल घिमिरेको मृत्यु प्रकरणमा तानिएका छन् ।
    लेखा परीक्षक घिमिरेलाई अनीलले माघ ६ गते राति आफ्नै गाडीमा हालेर रातको १० बजे वडा प्रहरी कार्यालय (पुरानो डिएसपी अफिस ) अगाडि छोडेका थिए । अनीलले घिमिरेलाई विराटनगर रोडशेषको एउटा गजल रेस्टुरेन्टबाट उठाएर प्रहरी कार्यालय अगाडि छोडेका थिए ।

     

    समाचार स्रोत भन्छ – लेखा परीक्षक घिमिरे र महेश्वरी बीच ४ घण्टा अघि मात्रै चिनजान भएको थियो । महेश्वरीले पनि आफ्ना दाजु ब्यापारिक सहयोगी नन्दकिसोर राठीको अनुरोधमा घिमिरेलाई गाडीमा चढाएर रेस्टुरेन्टबाट प्रहरी कार्यालय अघि सम्म पु¥याएर छोडेका थिए । तर, अनीलले किन घिमिरेलाई प्रहरी कार्यालय अगाडि पु¥याएर छोडे भन्ने प्रश्नको जवाफ प्रहरीले खोजिरहेको छ । मदिरा पिएर बेहोस अवस्थामा रहेका घिमिरेलाई अनीलले मध्यरातको १० बजे किन त्यहाँ छोडे ? अहिले परिवारले पनि यो प्रश्नको जवाफ खोजिरहेको छ ।

     

    लेखा परिक्षक घिमिरे विराटनगरमा चलेका अडिटर हुन् । ठूला उद्योग घरानाको लेखा परीक्षण गर्दै आएका घिमिरेले विगत एक दशक देखि नन्दकिसोर राठी सञ्चालक रहेका उद्योग र कम्पनीहरूको लेखा परीक्षण गर्दै आएका थिए । राठीको नातेदार बताउने महेश्वरी पनि केही महिना यता आन्तरिक राजश्व कार्यालय धाइरहेका ब्यापारी हुन् । दैनिक करोडौंको ब्यापार गर्ने तर, मूल्य अभिवृद्धि कर भने ४÷५ लाख रुपियाँको कारोवार देखाएर तिर्ने गरेको सूचना पाएपछि उनी माथि राजश्व कार्यालयले निगरानी बढाएको थियो । भारतीय सीमावर्ती बजारबाट एजेन्ट मार्फत भन्सार छलेर करोडौंका सामग्री ल्याएर बिक्री गर्ने अनील महेश्वरी पछिल्लो समय दिन दुगुना रात चौगुना पैसा कमाउने ब्यापारीमा दरिएका छन् ।

     

    उनले घिमिरेलाई नचिनेको बताए पनि अनुसन्धानले चाँडै उनीहरूको सम्बन्धका बारेमा प्रस्ट पार्ने जानकारहरू बताउँछन् । तर, पनि प्रहरीले अनुसन्धान पुरा नगरी महेश्वरी दोषी नै हुन्न भन्ने ठाउँ छैन् । एक ब्यापारीले भने – उनी सरल मानिस हुन् । तर,प्रहरीले अनुसन्धानको घेरामा राखेको ब्यक्तिलाई हामीले बचाउ गर्न सक्दैनौ । उनको भनाई छ – अनुसन्धानले सबै कुरा छर्लङ्ग बनाउँला नै, अहिले बोल्नु हतार हुनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…