बेलबारी । मोरङको बेलबारी २ मा रहेको शिक्षा सन्देश ईङिलस स्कुलले बिद्यार्थीहरुलाई ब्यबहारिक शिक्षा अन्र्तगत दुना टपरी बुन्न सिकाएको छ ।
सोमबार बिद्यालयले आफना बिद्यार्थीहरुलाई सालको पातबाट दुना टपरी बनाउन कसरी सकिन्छ भनेर सिकाएको छ । ’हामी किताव मात्र घोकाउदैनौ ,नानीहरुलाई आवश्यक पर्ने व्यवहारिक ज्ञान समेत दिन्छौँ भन्ने अभिप्रायका साथ बिद्यालयले बिद्यार्थीहरुलाई सो ज्ञान प्रदान गरेको बिद्यालयका काउन्सिलर भुपाल बस्नेतले बताए ।
नेपालीहरुको बिभिन्न चाडपर्व र धार्मिक कार्यहरुमा दुना टपरी अनिबार्य रहेका कारण बिद्यार्थीहरुलाई ब्यबहारिक ज्ञान पनि दिनुपर्छ भन्ने ध्येयका साथ सो कार्यक्रम आयोजना गरिएको बिद्यालयका प्रिन्सिपल राजेश खत्री बताउँछन । बिद्यालयको आयोजनामा यहि माघ १५ र १६ गते २ दिने बाल साहित्य महोत्सब समेत आयोजना हुँदै छ ।