• विराटनगर । भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गर्दा प्रहरी जवान पक्राउ परेका छन ।

    धनकुटाको पाख्रिबास–१४ घर भएका २३ वर्षीय सरोज गिरीलाई पक्राउ गरिएको छ । पैदल हिँडिरहेका बेला शंका लागेर लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले चेकजाँच गर्दा उनले लगाएको ज्याकेटको गोजीमा एक सय ४४ ट्याब्लेट स्पास्मोप्रोक्सिभन नामक लागुऔषध फेला परेको थियो ।

    साथमा लागुऔषध फेला परेपछि विराटनगर भन्सार कार्यालयको १ नम्बर ढाटबाट गिरीलार्य पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए । कारागार सुरक्षा गार्ड झापा दरबन्दी भएका जवान गिरी दंगा नियन्त्रण प्रहरी गण दुहवी सुनसरीमा कार्यरत थिए । गिरीविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन सोमबार जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धान थालिएको जानकारी डीएसपी थापाले दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…