फेसबुक र सामाजिक
सन्झालमा आएर
अनि मानव अधिकारको
आवाज उठाएर
पिडित र दुखिहरुको उद्दार
अनि अपराधिहरुको
सुधार को लागि
उस्ले लगातार आफ्नु बिचार
राखिरह्यो राखिरह्यो
निरन्तर राखिरह्यो
तर,
उस्को स्वर कसैले सुनेनन
उस्को भाषा कसैले बुजेनन
उ आएर झन चर्को चित्कार
चिच्याइरह्यो...चिच्याइरह्यो
पछि फेसबुकमा
उस्को मुखदेखि नफरत भएको बताएर
उसैका आफ्नै नाजाहज साथिहरुले
रिसाएर
उस्को बिचार बहिस्कार
अनि उस्को अनुहार नै अस्बिकार गर्दिए
सामाजिक सम्झालका न्यायधिसहरुले
उस्लाइ अन्फ्रेण्ड कसैले ब्लग हान्दिए
उ फेरि पनि त्यहा आइरह्यो
अनि
उनिहरुलाइ
फ्रेण्ड रिक्वेस्ट पठाइरह्यो
तर,
कसैले पनि उस्को अनुहार एसेप्ट गरेनन
सबैले रिजेक्ट गरे
किनकि,
तिनिहरुको फेण्डलिस्टमा उ भार भएको थियो।
सायद,
मातहतहरु नै नरसम्हार र गद्दार थिए
तस्कर अनि असङ्ख्य अपराधहरुको भागिदार थिए ।
रत उस्को पन्ध्र लाख नोट बरामत सहित
उस्का इन्टरनेट र सब मोवाइल सेटहरु खोसिएर
उस्लाइ कारागारमा कैद गरियो
र उस्को बिचारहरुलाइ बन्दी बनाइयो ।
नत उस्ले
कैले पनि आफ्नु स्वाभाबिक
अधिकार नै पायो
नत उस्को आन्तरिक बिचारमा
लाइक कमेण्ट नै आयो
नत उस्को कैले पनि आवाज नै सुनियो
सट्टामा बरु वकिलहरुबाट नै मोवाइल जफत गरि
अबियोग लगाएर अनि उस्लाइ कारागारमा थुनियो ।
भित्र बेस्या र जस्याहरुको केस
डिभोर्सको बिसयमा भट्टिहरुमा झै गरेर
सामाजिक सन्झालका भित्ताभरि
बृहत् छलफल र न्यायिक इजलास भैरहेको थियो
नत अब उस्को अधिकार
उस्को बिचार
उस्को चीत्कार सुनिने ठाउँ नै बाकी रह्यो
नत
अब उस्को सन्चार स्वतन्त्रता नै सुरछित भयो
स्वयम उ आज आफै यसरी पिडित भयो
मानौ कि,
अब त उस्को सर्वस्व सिङ्गो सन्सार सकियो
साथिहरुका सामाजिक सन्झालको
भित्ताभरी बेस्या र जस्याको बिसयमा
बृहत् छलफल भैरहेको थियो
अब उस्ले कैले पनि बोल्न पाउनेछैन
अनि अब उस्ले कैले पनि
आफ्नु फेसबुक खोल्न पाउनेछैन
किनकि,
त्यो केवल फेसबुक केवल उस्को आदत थिएन
त्यो हाम्रै मुलुकको अदालत
र नेपालको न्यायलय जस्तै थियो ।
उस्को कुरामा कसैको पनि जनमत आएन
उस्लाइ कैले पनि लाइक कमेण्ट आएन
उस्ले कैले पनि आफ्नु अधिकार पाएन
बरु उस्कै चतुर साथिहरुले उस्लाइ उस्ले फेसबुकमा
आर्टिकलहरु पोस्ट गरेको देखेकै आधारमा
र उस्ले यस्तो लेखेकै भरमा
मानहानी र गाली बेइज्जत्ति सम्बन्धि कसुर लगाएर
जेलचलानको लागी प्रहरीचौकी आएर उजुरी लेखाइरहेथे।
उ ऐले उनिहरुको आखाको कसिङ्गर जस्तै गरेर
अखङ्गख्य बिचारहरु लिएर
कारागारमा नजर बन्दी भएर बसेको छ
एउटा होनाहार सपूत पिडित भएर
गद्दाहरुको नियोजित जन्झालमा फसेको छ
निरन्तर बिचारको हतियारहरु बोकेर
हिडिरहेको एउटा निर्भिक कमान्डर
जिन्दगिभर कुण्ठित भएर बसेको छ
एउटा इमान्दार मान्छे नेपालमा कुजिएको छ
जन्झिरमा थुनिएको छ
अर्काको हितमा बोलिरहेका जिबित तालिवानहरु
भगवान भएर मन्दिरमा हैन कि
लज्जित भएर
सडककिनारमा एउटा स्थिर खब्वाहरु झै गरेर उभिरहेकाछन
थकित भएर फगट एउटा सहिदको सालिक झै
शरीरमा आफ्नै मरेको तस्बिरहरु टागेर
अर्को हितमा बोलिरहेका शैनिकहरु
बेकसुर देसद्रोहीहरुको गोलि लागेर
कुकुर झै काटेर लावारिश फुटपाटमा फ्याकिएका छन्
यो देसमा इतिहासको सुरछ्या गर्ने महान सिपाहिहरु
लास बनाएर मसानघाट पठाइएका छन्
र मन्दिरमा भुतचुडेलहरुलाइ सपूत भनेर ड्युटि खटाइएका छन्
तर जेल र कारागारमा भने
नरजनावार र बनकर र सुङ्गघुरहरुलाई झै गरेर
एउटा बहादुरलाइ फसाइएको छ
भ्रस्टचारिहरु महलमा बसेका छन्
क्रान्तिकारिहरु जङ्गल पसेका छन्
भ्रस्टचार गरेको थिएन
उस्ले कुनै बलत्कार गरेको थिएन
नत कसैलाइ अत्यचार नै गरेको थियो
फेसबुकको अदालत आएर
यो मुलुक यो सारा सन्सारभर आफ्नै आखाका नजरले देखेको
बास्तबिकता बताएर
उस्ले आफ्नु बिचार प्रचारप्रसार गरेको थियो
सरकार
केवल उस्ले एउटा ब्यवस्था बिरोधी कबिता लेखेको थियो
र त्यो यहि हो ।
सुजन बुढाथकी