• काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले संसद् चलाउन सभामुखले विपक्षी दललाई विश्वासमा लिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिँदै उनले भने, “सभामुख तटस्थ र निष्पक्ष पद हो । संसद् विपक्षीको हो भन्ने कुरा ध्यान दिन आग्रह गर्छु । सत्तापक्षले संसद्मा ल्याउने कानूनका बारेमा आलोचना गर्ने काम प्रतिपक्षको हो ।”

    संविधानको भावना प्रतिकूल केही विधेयकहरु सरकारले संसद्मा पेश गरेको भन्दै उनले मानवअधिकार, प्रेस स्वतन्त्रता विरोधी विधेयकहरु त्यही रुपमा पारित गर्न नहुनेमा जोड दिए । प्रजातन्त्रका लागि पूर्ण प्रेस स्वतन्त्रता आवश्यक रहेको उनको भनाइ थियो ।

    कोरोना भाइरसका सन्दर्भमा जोखिम न्यूनीकरणका लागि २४ घण्टे ‘हेल्प डेस्क’ चलाउन आवश्यक रहेको उल्लेख गर्दै सभापति देउवाले चीनसँग सिधा उडान रहेको र चीनमा रहेका नेपालीका बारेमा समेत सरकारको ध्यान जानुपर्ने बताए ।

    संयुक्त राज्य अमेरिकाको सहयोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी) विभिन्न चरण पार गर्दै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका पालामा नेपालले हस्ताक्षर गरेको अवगत गराउँदै उनले भने, “यति ठूलो सहयोग नेपालमा आउनेवाला छ । नेपालको विद्युत् भारतमा निर्यात गर्नका लागि अमेरिकाले दिने सहयोग नेपालले किन नलिने ? तत्काल एमसीसी संसद्बाट अनुमोदन गर्नुपर्छ ।”

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…