• काठमाडौं माघ१४

    नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व मन्त्री डाक्टर प्रकाशशरण महतले सरकार जनता प्रती संवेदनशील नभएको आरोप लगाएका छन। संघीय राजधानी देखि नजिकैको जिल्ला नुवाकोटको बाटोघाटोको अवस्था हेर्दा सरकार जनता प्रती कति उत्तरदायी छ भनेर प्रष्ट बुझ्न सकिने कांग्रेस सहमहामन्त्री महतले बताए। नुवाकोटको चौघडामा लिखु गाउँपालिकाले आयोजना गरेको गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्डको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सहमहामन्त्री महतले बहुमतको स्थिर सरकार बनेको दुई बर्ष भैसक्दा पनि टोखा देखि नुवाकोट सम्मको बाटोको स्तरोन्नति नगरेको भन्दै आक्रोश ब्यक्त गरे।

    सहमहामन्त्री महतले सरकारले टोखा देखि नुवाकोट जाने बाटोको स्तरोन्नतिमा दुई करोड मात्रै छुट्याएको भन्दै दुई करोड पैसाले बाटोको कस्तो स्तरोन्नति हुन्छ भनेर सरकारलाई प्रश्न समेत गरे। चीन जोड्ने बाटोको हालत यस्तो छ अनेत्रको बाटो हालत झन के होला डाक्टर महतले भने। नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकार सुशासनको मामिलामा उल्टो दिशामा हिडिरहेको भन्दै सरकारलाई सच्चिन पनि महतले सुझाए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…