• बाहुण्डाँगी । देशकै नमुना विद्यालयको पहिचान बनाएको झापा दुहागढी स्थित बाल सुबोधिनी आधारभूत विद्यालयको ५२ औं वार्षिककोत्सव मंगलबार सम्पन्न भएको छ ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल सुब्बाको सभापतित्वमा सम्पन्न कार्यक्रममा आधा दर्जन व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा बर्ष उत्कृष्ट शिक्षक मेनुका सुवेदी, व्यवस्थापन समितिका पूर्व अध्यक्ष भोला सुवेदी, समितिका पूर्व सदस्यहरु लालमहमद मिया, माधव प्रसाद काफ्ले, ताजमदिन मिया, अक्षयकोष दाता रामप्रसाद रिजाल र संचारकर्मी विजय बराल रहेका छन् ।

    उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद गोपाल चन्द्र बुढाथोकी, विशिष्ट अतिथि मेचीनगर १४ का वडा अध्यक्ष शंकर प्रसाद पोख्रेल, नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकाल र शिक्षक महासंघ झापाका निवर्तमान अध्यक्ष तेजप्रसाद चम्लागाईंले संयुक्त रुपमा फुलमाला र प्रशंसा पत्रबाट सम्मान गरेका थिए ।

    कार्यक्रममा समाजसेवी रामकुमार कन्दङ्वाले आफ्नी दिवंगत छोरी रञ्जना कन्दङ्वाको स्मृतिमा स्थापना गरिएको रञ्जना स्मृति छात्रबृत्तिबाट जनही १ हजार ५ सय रुपैयाँका दरले १४ जना छात्राहरुलाई पुरस्कृत गरिएको थियो ।

    त्यसैगरी विभिन्न दाताहरुबाट स्थापना गरिएको अक्षयकोषबाट जनही २ हजार रुपैयाँ दरको रघुनाथ स्मृति छात्रबृत्ति, देवीप्रसाद नैनकला छात्रबृत्ति, जयप्रसाद राधादेवी छात्रबृत्ति, हिमादेवी छात्रबृत्ति, रामप्रसाद शिवमाया छात्रबृत्तिबाट २५ जना जेहेन्दार विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

    विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विश्व थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा विशिष्ट अतिथि मेचीनगर नगरपालिकाका शिक्षा अधिकारी होमनाथ भण्डारी, कार्यपालिकाकी सदस्य बिन्दा प्रसाईं, बिशिष्ट अतिथि पोख्रेल र प्रमुख अतिथि बुढाथोकीले मन्तव्य राखेका थिए । शिक्षक पदम प्रसाद मिश्रले संचालन गरेको कार्यक्रममा स्वागत बाल क्लबकी सचिव श्रेया काफ्लेले गरेकी थिइन ।
    ग्रामिण भेगमा रहेको यो विद्यालयले वितेको ५ वर्षमा देशमै नमुना विद्यालयको रुपमा स्थापित गरेको छ । विभिन्न दाताहरुको सहयोग प्राप्त गर्दै शैक्षिक, भौतिक तथा समग्र विद्यालयको काँचुली फेर्दै आएको यो विद्यालयमा वर्षमा दर्जनौ विद्यालयहरुले भ्रमण गर्दै आएका छन् । शैक्षिक क्षेत्रमा हुने भ्रमणका लागि पहिलो रोजाइमा यो विद्यालय पर्ने गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…