• काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीलाई असहयोग गर्ने मानसिकता प्रचण्डले बनाउनुभएको भए पनि ओली भने प्रचण्डबाट सहयोग पुग्ने विश्वासमा रहनुभएको बुझिएको छ । प्रचण्ड र प्रधानमन्त्री ओली दुवैजना बसेर शिवमाया तुम्बाहाम्फेलाई मन्त्री बनाउने वचन दिएपछि मात्र शिवमायाले उपसभामुख पदबाट राजीनामा दिनुभएको थियो । शिवमायालाई कानुनमन्त्री बनाइने प्रबल सम्भावना छ ।

    त्यस्तै, कुनै अप्रत्याशित अवरोध नआए मन्त्रिमण्डलमा राजपाको सहभागिता हुने पनि निश्चितप्रायः भएको छ । युवराज खतिवडा राष्ट्रिय सभा सदस्य बहाल रहने दिन सकिन लागेकोले खतिवडाको ठाउँमा अर्का व्यक्तिको चयन हुने स्थिति छ ।

    परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली धेरै पहिलेदेखि नै अर्थ मन्त्रालयको जिम्मेवारी लिन इच्छुक हुनुहुन्थ्यो भने सुरेन्द्र पाण्डेलाई पनि सम्भावित अर्थमन्त्रीका रूपमा हेरिएको छ । त्यस्तै, रक्षामन्त्री ईश्वर पोखरेल पनि अर्थ मन्त्रालयमा आउन इच्छुक रहेको बताइन्छ । नारायणकाजी श्रेष्ठको संसदमा प्रवेशपछि उहाँको नामसमेत सम्भावित अर्थमन्त्रीका रूपमा लिन थालिएको छ ।

    शिवमायालाई मन्त्रिमण्डलमा सामेल गराउन ‘माओवादी’ कित्ताको कसैलाई मन्त्री पदबाट मुक्त गर्नुपर्ने हुन्छ र, द्विपक्षीय वार्तामा प्रचण्डले त्यस कुरामा सहमति जनाउनुभएको पनि हो । तर, अहिले प्रचण्ड मन्त्रिमण्डलमा रहेका आफ्नो पक्षका व्यक्तिलाई हटाउन आनाकानी गर्दै हुनुहुन्छ ।

    जे होस्, निकट भविष्यमै मन्त्रिमण्डल पुनर्गठन हुने निश्चित भएको छ र, यस क्रममा केही नयाँ मन्त्री थपिने र केहीको विभागीय परिवर्तन हुने सम्भावना छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…