• विराटनगर, माघ १४
    आन्तरिक राजस्व कार्यालयमा बुझाउने व्यवसायी कारोबार हेर्दै गरेका विराटनगरका अडिटर प्रवल घिमिरेको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले मोरङका एक प्रतिष्ठित उद्योगी तथा व्यापारीमाथि सुक्ष्म छानबिन सुरु गरेको छ । विराटनगर महानगरपालिकासँगै रहेको शनिहाटका सांग्रिला रेडिमेट इण्डिष्ट्रिज प्रालिका सञ्चालक नन्दकिशोर राठी र उर्लाबारी मोरङगका व्यापारी अनिल महेश्वरी चाण्डकमाथि मोरङ प्रहरीले अनुसन्धान सुरु गरेको हो । चाण्डक पूर्वमिस नेपाल निकिता चाण्डकका पिता समेत रहेका छन् ।

     

    अडिटरको मृत्यु हुनुपूर्व यी उद्योगी र घिमीरेले एकैसाथ विराटनगरका विभिन्न होटलमा पुगी मदिरा सेवन गरेको रहस्य पनि अहिले आएर खुलेका छ । विराटनगर महानगरपालिका २ निवासी अडिटर प्रवल घिमिरेको गत हप्ताको मंगलबार बिहान स्थानीय सिंघीया खोलामा मृत अवस्थामा शव भेटिएको थियो । उनी आठ वर्षयता लेखापरीक्षकको काम गर्दै आएका थिए । समाचारस्रोतका अनुसार घिमिरे गत हप्ताको सोमबार साँझ उद्योगी नन्दकिशोर राठीले बोलाएपछि उनकै उद्योगमा पुगेको कुरा थाहा भएको छ । राति अबेरसम्म घर नआएपछि परिवारले घिमिरेको खोजी गरेको रहस्य पनि अहिले आएर खुलेको छ । तर, मंगलबार बिहान उनको शव खोलामा भेटिएपछि अहिले परिवारमा घटना सुनियोजित भएको आशंका बढेर गएको कुरा स्रोतले दाबी गरेको छ ।

     

    सोमबार साँझ घिमिरेसँग होटलमा बसेर खानपान गरेका नन्दकिशोर राठी र अनिल चाण्डकमाथि मोरङ प्रहरीले अनुसन्धान गरिरहेको कुरा थाहा भएको छ । अडिटर घिमिरेको साथमा रहेको मोबाइल पनि हराएका कारण घटना अझै शंकास्पद बन्न पुगेको कुरा प्रहरीस्रोतले बताएको छ । उद्योगी व्यापारीहरूलाई प्रहरीले निगरानीमा राखी अनुसन्धान गरिहेको छ । साथै उनीहरूको मोबाइलको कल डिटेलसमेत अनुसन्धानको लागि प्रहरीले मगाएको कुरा थाहा भएको छ । विराटनगर बजारक्षेत्रको सडकमा जडान गरिएका सीसी क्यामेरा फुटेजबाट पनि प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।आर्थिक दैनिकमा समाचार छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…