• काठमाडौं, १५ माघ । दरबारमार्गमा रहेको किंग्स लाउन्ज नामको रेष्टुरेन्टभित्र हुने ठगी धन्दाले सिमा नाघेको जनगुनासो अत्याधिकमात्रा आउन थालेको छ ।

    सो लाउन्जभित्र हुने सर्भिस चार्जदेखि अत्याधिक आफुखुशी मुल्य राखी ग्राहकबाट अबैधरुपमा असुली गर्दै आएपनि सो माथी कुनै अनुगमन समेत सरकारी निकायले गरेको छैन ।

    सो लाउन्जका एक ग्राहककाले दिएको जानकारी अनुसार लाउन्जका व्यवस्थापकबाट आफुखुशी मुल्य निर्धारण गरेर रकम असुली गर्दै आएको र सो शुल्कमा थप सर्भिसचार्ज १० प्रतिशत र मुल्यअभिबृद्धि कर (भ्याट) १३ प्रतिशत सहित २३ प्रतिशत थपेर शुल्क असुली गर्दै आएको छ ।

    बास्तविक मुल्यमा २३ प्रतिशत रकम जोडेर असुली गरेको सम्बन्धमा असहमति जनाएको खण्डमा बाउन्सर लगाएर कुटपीट गर्ने गरेको गुनासो समेत पीडित ग्राहकले गरेका छन् ।

    नाम गोप्य राख्ने सर्तमा ती ग्राहकले भने,‘लाउन्जभित्र कुटपिट भएपछि दरबारमार्गमै रहेको प्रहरी बृत्तमा खबर गर्दा समेत सो बृत्तबाट गएको सुरक्षाकर्मीबाट उल्टो पीडित ग्राहकमाथी अभद्र व्यवहार गरि तत्कालै लाउन्जबाट बाहिर जान निर्देशन दिने गरेको समेत गुनासो गरेका छन् ।

    सोे लाउन्जमा नेपाल प्रहरीका उच्चपदस्थ व्यक्तिकै लागनी समेत रहेको सोही लाउन्जका एक कर्मचारीले गोप्य रुपमा बताएका छन । सो लाउन्जले २५ रुपैयाँमा खरिद गरेको मिनरल वाटर प्रति वोटल पानीलाई १ सय १५ देखि १ सय ५० रुपैयाँमा बिक्री गर्दै आएको छ ।

    सुरक्षाकर्मीकै मिलिमतोमा सो लाउन्जका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कुमार गुरुङ र लाउन्जका अध्यक्ष रामचन्द्र श्रेष्ठलगायतका व्यक्तिसंगको मिलिमतोमा ग्राहकबाट संकलन गरेको सर्भिस चार्ज र अत्याधिक मंहगो शुल्क राखेर असुली गरेको रकम समेत व्यक्तिगत रुपमा खर्च गर्दै आएको सो लाउन्जका कर्मचारीले नाम नलेख्ने सर्तमा बताएका छन् ।

    दरबारमार्गमा रहेको प्रहरी बृत्तसंगै सो लाउन्ज जोडिएको छ । आन्तरिक राजस्व विभागको बेवास्ताले रेष्टुरेन्ट, होटलमा जानेहरुले आफु खुसीतयार गरेको मेनुमा लेखिएको मूल्य समेत अत्याधिक मंहगो रहेको पाइएको जनाएपनि सो बारे कुनै अनुसन्धान भने गरेको छैन ।

    एकातर्फ सो लाउन्ज भित्र दैनिक जसो झगडा पर्दै आएको छ, तर दरवारमार्ग प्रहरी परिसरलाई भने सो झगडा सडकसम्म आउँदा पत्तो समेत पाउदैन । कसैले सो बारे उजुरी गरेपनि कारबाही भने हुदैन । कारण सो लाउन्जमा प्रहरीकै उच्चपदस्थ व्यक्तीहरुकै संरक्षणमा लाउन्ज चलेकाले कारबाही नभएको एक पीडित ग्राहकले नाम गोप्य राख्ने सर्तमा बताए ।

    ती पीडितले अगाडी भने,‘सो लाउन्जमा बिलमा राखिएको पैसामा थोरै रकम नपुगेपनि साथमा भएको जिन्सी सामान जबरजस्ती राख्दै आएको छ ।’ मूल्यअभिवृद्धि कर (भ्याट) नियमावलीको प्रावधानलाई समेत तत्याउदै सो किंग्स लाउन्जले आफ्नै मनोमानी रुपमाशुल्क संकलन गर्दै आएको छ ।

    कुनै पनि व्यवसायीले बिक्री स्थलमा अन्तिम मूल्य राख्नु पर्छ । सेवा शुल्कवा भ्याट कुनै पनिनाममा कसैले पनि उपभोक्तालाई भनेको वा देखाएको मूल्यभन्दा बढी रुपैयाँ लिन पाउँदैनन् । तर सो नियमावली विपरित लाउन्जमा जाने ग्राहकसंग बढी मुल्य लिदै आएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…