वसन्त पञ्चमी माता सरस्वतीको विशेष उपासना गर्ने महत्वपूर्ण पर्व हो । माघ शुक्लपक्षको पञ्चमी तिथिमा पर्ने उक्त पर्व विशेषगरी विद्याकी देवीको रुपमा पुजिने सरस्वतीको साधना गर्नका लागि अति नै पवित्र दिनका रुपमा लिने गरिन्छ । यसवर्ष माघ १६ गते बिहीबार गुरु बृहस्पतिकै बारमा पञ्चमी तिथि परेकाले पनि यो वर्षको सरस्वती पूजालाई विशेष रुपमा हेरिएको छ ।
यस्तो संयोग परेको समयमा विद्या आरम्भ गर्नका लागि अति नै शुभ हुने भएकाले साधनामा लाग्नेहरुका लागि भने विशेष दिन रहनेछ । शास्त्रमा वर्णन भएअनुसार यस पवित्र दिनमा भगवान विष्णु तथा कामदेवको पूजाको पनि वर्णन गरिएको छ ।
सर्व प्रथम भगवान श्रीकृष्णले ज्ञानादष्टादी श्री सरस्वतीको पूजा गरेर दिव्य ज्ञान प्राप्त गरेकाले पनि पञ्चमी तिथिलाई पूर्ण तिथिका रुपमा पूर्ण ज्ञानप्राप्ती कामनाले पूजा तथा आरधना गर्ने नियम रहिआएको शास्त्रमा उल्लेख गरिएको छ ।
विद्या आरम्भ गर्नको लागि यस वर्षको सरस्वती पूजाको दिन निक्कै शुभ रहने हुनाले यसै दिनदेखि सुरु गर्दा कुनै प्रकारको साइत हेरिरहनु नपर्ने ज्योतिषीहरुले बताउने गरेका छन् । वर्षमा चार ओटा नवरात्रहरु प्र्दछन् । त्यसमा माघ शुक्ल पक्षको समयलाई पनि गुप्त नवरात्र भनेर पनि भनिएको छ ।
भगवती सरस्वती सत्वगुण सम्पन्न भएकीले मन, बुद्धि र ज्ञानकी अधिष्ठात्रीका रुपमा पूजा तथा साधना गर्नाले मानवजातिको सम्पूर्ण कामना पूर्ण हुने शास्त्रमा उल्लेख गरिएको छ । यस्ता प्रकारका कामना पूर्ण हुनका लागि शुभ समयमा र शुभ योगमा मात्रै हुने भएकाले यस्ता प्रकारका तिथि तथा पूर्ण योगको खगोलीय तरिकाबाट गणना गरिएको हो ।
पञ्चमी तिथिका देवता नाग हुन र उक्त तिथि पूर्ण तिथिभएकाले यस दिनलाई हरेक प्रकारमा शुभ कर्म गर्नका लागि कुनै प्रकारका साईत हरु कुर्नुनपर्ने र यस दिन गरिएको कर्मले दीर्घकालीनसम्म माताको कृपा रहिरहने धार्मिक विश्वास समेत रहिआएको छ । नाक तथा कान छेड्नका लागि पनि यसदिन शुभ हुने कुरा उल्लेख गरिएको छ ।
अध्ययनरत हरेक मानिसले उत्तिकै मिहेनतका साथ पढिरहेका हुन्छन् त्यसमा कसैलाई राम्रो सफलता मिल्दछ भने कसैको पढाइ पूरा हुनै पाउँदैनन ।
शास्त्रकाअनुसार कुन मानिसले कस्तो प्रकारको पढाइमा सपलता पाउने र कतिसम्म पढ्ने भनेर पहिले नै निर्धारण भइसकेको हुन्छ त्यही कुरालाई जानेर पढाइमा लगाउनेहरुले विशेषगरी सफलता प्राप्त गरेको ज्योतिषीहरुले जानकारी गराएका छन् । प्राचीन कालमा पनि यस्ता प्रकारका कुराहरुले वर्णन व्यापक रुपमा गरिएको पाइन्छ ।
शास्त्रहरु लेख्रे तथा शस्त्र अस्त्रहरु चलाउने फरकफरक व्यक्तिले गर्ने भएकोले पनि अहिले कस्ता योग भएकाहरुलाई कुन प्रकारको शिक्षा दिने भन्ने जानेर मात्रै अध्ययनमा लगाएमा मात्रै सफल हुने जानकारहरु बताउँदछन् । हरेक व्यक्तिलाई माता सरस्वतीको कृपा फरक फरक तरिकाबाट हुने गरेको छ ।
कसैलाई घोक्ने तरिका राम्रो हुन्छ भने कसैलाई सपमूलक काममा राम्रो हुन्छ । जसरी भएपनि माताको कृपा हरेक मानिसमा कुनै न कुनै प्रकारको हुन्छ नै । शास्त्रमा भनिएको छ, बुद्धि र ज्ञान दुबै फरक फरक कुरा हुन् तर बुद्धि तथा ज्ञान दुबैको तालमेल मिलेमा मात्रै सफल हुनेछ ।
बुद्धि दिने ग्रहका रुपमा बुध ग्रहलाई हेरिन्छ भने ज्ञानको कारक ग्रहणका रुपमा बृहस्पति ग्रहलाई हेरिन्छ । माघ १६ गते ज्ञानदिने ग्रह बिहीबार बृहस्पति ग्रहको बार परेकाले पनि साधना गर्नेहरुलका लागि विशेष दिन रहनेछ ।
कसरी गर्ने पूजा र साधना ?
यस दिन ब्रहम्म मुहुर्तमा उठेर स्नान तथा नित्यकर्म पश्चात् पञ्च गव्य खाएर पूजा तथा अध्ययन कोठामा माता सरस्वतीको मूर्ति तथा प्रतिमा स्थापना गरेर वैदिक बिधि पूर्वक दूध, दही, ध्यू, मह तथा सक्खरले मूर्ति तथा प्रतिमामा चढाएर र फूलमाला लगाइदिने र धुप बत्तीले आरति गरेपछि सरस्वती स्तोत्रको पाठ गर्नु पर्ने बिधान रहेको छ ।
सक्नेले १०८ पटक सरस्वतीको मन्त्र जप गर्दा वाणीमा सिद्ध हुने पनि बताईएको छ । यसरी पूजा तथा आराधना गरेमा हरेक प्रकारका कर्मसिद्ध हुने छ । उक्त दिन सरस्वती यन्त्र बनाएर साना बच्चाहरुलाई धारण गरिदिएमा बुद्धि तथा ज्ञान खुल्ने पनि शास्त्रमा उल्लेख गरिएको छ ।
वर्षमा चारओटा नवरात्रहरु पर्दछन् पहिलो आषाढ शुक्लपक्षको प्रतिपदा देखि पूर्णिमा सम्मको समय तेस्तै आश्विन शुक्ल पक्क्षको प्रतिपदा देखि मनाउने बडादसैको नवरात्र तेस्तै सरस्वती पुजाको पक्क्ष अर्थात माघ शुक्लपक्ष प्रतिपदा देखि स्वस्थानी साङ्गेता पूर्णिमा सम्मको समयलाई गुप्त नवरात्र भनेर भनिएको छ ।
वर्षको अन्तिममा पर्ने चैत शुक्ल पक्षको नवरात्र जुन समयमा चैते दशै तथा राम नवमी सम्मको पर्वहरु पर्ने गरेको छ, यसरी हेर्दा कुनै प्रकारले शक्ति कै आरधना हो भनेर पनि भन्न सकिन्छ । सरस्वती पुजाको पनि विद्याको आरधना तथा साधना र्ने पवित्र पर्व हो ।
लेखक:
वास्तुविद् सुरेश चन्द्र रिजाल
महासचिव दक्षिण एसियाली ज्याेतिष महासंघ नेपाल