माघ १५, पथरी ।
भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै मोरङको पथरीमा पारीवारीक वातावरणमा संगितिक माहोलमा रम्न चाहाने पारीखीका लागि नयाँ होटल सञ्चालनमा आउने भएको छ ।
होटल माघ १६ विहिवार बाट संन्चालनमा आउने भएको होटल संचालक आशोक साम्पाङ राईले जानकारी दिनुभयो । राई पथरी बाणिज्य संघका महासचिव समेत हुनुहुन्छ ।
होटलमा खान र बस्ने व्यवस्थासँगै सेमिनार हलसमेत रहेको छ । होटलको लागी २ करोड ५० लाख लगानी लागिसकेको संन्चालक राईले जानकारी दिए
होटलमा सांगितिक कार्यक्रम गर्न बेग्लै स्टेजको पनि निर्माण गरिएको छ । पथरी बजार क्षेत्रमा भिआइपी र भिभिआइपी को लागी उपयुक्त होटल नभएको समयमा साल्पा सुगम स्थल हुने कुरा संचालकको रहको छ ।
होटलले पथरीमै पहिलो पटक जोखेर मासु किन्न र पोलेर खाने ब्याबस्था समेत गरेको छ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सञ्चालनमा ल्याउन लागिएको होटलमा स्वदेशी तथा बिदेशी परिकारको समेत स्वाद लिन सक्ने होटल परिवारले जनाएको छ ।
किरातीहरुको जातिय खाना वाचिपा समेत उपलब्ध गराउने संन्चालक राईले जानकारी दिए ।
होटलमा एसिसहितका कोठा उपलब्ध हुनेछ भने सेमिनार र मिटिङका लागी हल समेत निर्माण गरेको राईले बताए ।