इटहरी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा चर्चित युवा नेता गगनकुमार थापाले केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले देशलाई ३० बर्ष पछाडी धकेलेको आरोप लगाएका छन् ।
सुनसरीको झुम्कामा कम्युनिस्ट सरकार बिरुद्ध गर्जदै नेता गगनले ओली सरकारले देश बिगारेको आरोप लगाए । महामानव वीपी कोईराला लगायतका नेताहरुको नेतृत्वमा देशमा प्रजातान्त्रको स्थापना गरि देशमा जनताको अधिकार स्थापना गरेको स्मरण गर्दै ३० वर्ष देशलाई पछाडी धकेलेको आरोप लगाए ।
नेपाली कांग्रेस रामधुनि नगर समितिले आयोजना गरेको नगर सम्मेलनको प्रमुख अतिथि रहेका गंगनले सरकारले जनताको संवैधानिक अधिकार पनि कटौति गरिरहेको बताए । संसदियको ब्यवस्थाको बिरोध गर्न पुर्व माओबादी नेताहरु हाल यहि ब्यवस्थाको बुई चढी राखेका छन् उनले भने ।
हत्याराको आरोपीलाई पदमा राखेर न्यायको वर्खिलाप कम्युनिस्ट सरकारले गरिरहेको समेत आरोप लगाए । अधिकांस समय केपि ओली सरकारले गरेको कामको बिरोध गरेका उनले भद्र पतिपक्ष हुदा समेत सरकारले माखो मार्न नसकेको आरोप लगाए । मुक्का हाने, टेवल भाँच्ने, ब्रिफकेस फुटाउने प्रतिपक्ष आज सरकार नेतृत्व समालि रहेको बताउदै उनले कम्युनिस्ट सरकार देशमा यो अन्तिम सुचिमा इतिहासमा रहने उनले बताए ।