• काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्षमा सुनसरीका राजीव ढुङ्गाना मनोनीत भएका छन् । काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाले आज रिक्त ‘नेपाल विद्यार्थी सङ्घ केन्द्रीय तदर्थ कार्यसमिति’ गठन गरेका हुन् । पार्टीको २०७५ साल फागुन १ गतेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार पार्टी सभापति देउवाले ढुङ्गानालाई मनोनीत गरेका हुन् ।

    विसं २०४६ मा नेविसङ्घको जिल्ला सदस्यबाट नेविसङ्घको राजनीति शुरु गरेका ढुङ्गानाले यसअघि नेविसङ्घ केन्द्रीय सदस्य, कोषाध्यक्ष र उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

    तदर्थ समितिका महामन्त्रीमा काठमाडौँका मनोज वैद्य र पाल्पाका महेश्वरी कुँवर मनोनित भएका छन् । कार्यसमितिलाई आजको मितिदेखि छ महिनाभित्र नेविसङ्घको आगामी १२ औँ केन्द्रीय अधिवेशन सम्पन्न गर्नुपर्ने जिम्मेवारी तोकिएको छ ।

    तदर्थ कार्यसमितिमा रहेका पदाधिकारी र सदस्य आगामी केन्द्रीय अधिवेशनमा उम्मेदवार हुन पाउने छैनन् भने यसअघि कायम रहेको नेविसङ्घ केन्द्रीय कार्यसमिति विघटन भएको मिति २०७५ साल माघ २९ गतेसम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीले नेविसङ्घको आगामी १२ औँ अधिवेशनमा भाग लिन पाउने छन् । नेविसङ्घ तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यको मनोनयन यथाशीघ्र गरिने पार्टी कार्यालयले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…