• १६ माघ, काठमाडौं । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयकबाट पत्रकारको लाइसेन्सको जाँच लिने व्यवस्था हटाउन माग गरेको छ ।

    बिहीबार विज्ञप्ति जारी गरी महासंघले पत्रकारको लाइसेन्स जाँच लिने प्रावधान संविधानको मर्म र भावना विपरीत हुनुका साथै प्रेस स्वतन्त्रता विरोधी पनि भएको बताएको छ ।

    महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा लाइसेन्स जाँच लिनेलगायतका प्रेस स्वतन्त्रताविरोधी प्रावधान सच्याएर मात्र विधेयक प्रतिनिधिसभामा पठाउन राष्ट्रियसभासँग माग गरेको छ ।

    ‘अन्यथा संविधानको मूल मर्म, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभ्यास र अन्तर्राष्ट्रिय मान्यता विपरीत गठन हुने मिडिया काउन्सिललाई स्वीकार गर्न महासंघ र सञ्चार क्षेत्र बाध्य हुने छैन’ विज्ञप्तिमा भनिएको छ ।

    राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले नयाँ आउने पत्रकारले लाइसेन्स परीक्षा दिनुपर्ने व्यवस्थामा सहमति जुटाएपछि त्यसको सञ्चार क्षेत्रबाट विरोध भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…