• बुटवल । जनयुद्दकालमा बाबुको तत्कालीन शाही नेपाली सेनाले घरमै आएर हत्या गरिदियो । उनै बाबुसँग पहिले नै सम्बन्ध विच्छेद गरि माइतीमा बसेकी आमासँगै बसेकी ३ वर्षीया छोरीलाई बाबुको हत्या भयो भन्ने कुरा थाहा हुने कुरै भएन । २०६० सालमा बाबु गुमाएकी बाग्लुङ्गको ताराखोला गाउँपालिका वडा नम्वर ४ तारा गाउँकी हेममाया विकको विचल्लीको कथा हो यो ।

    आजभन्दा तीन बर्षअघिसम्म त हेममाया आमा तुल्सरा विकसँगै मजदुरी गरेर पढ्दै थिइन् तर ३ वर्षअघि उनै मजदूरी गरेर पढाइदिने आमाको रुखबाट लडेर मेरुदण्ड नै भाँचिएपछि उनको विचल्ली भएको हो । तत्कालीन तारा गाविस वडा नम्वर ९ (हाल ताराखोला गाउँपालिका वडा नम्बर ४ का पहलसिंह विक) लाई २०६० साल साउन महिनामा तत्कालीन सेनाले घरमै बसिरहेको बेला हत्या गरेको थियो । तत्कालीन माओवादी लडाकू रहेका हाल ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीकाअनुसार त्यतिबेला विकसँगै अर्का युवा गैगा शेरचनलाई पनि सेनाले हत्या गरेको थियो ।

    उनकाअनुसार मारिएका दुवैजना पार्टीका पूर्णकालिन कार्यकर्ता भइसकेका थिएनन्, माओवादी समर्थक मात्रै थिए । शेरचन अविवाहित थिए । विकले दोश्रो विवाह गरेपछि जेठी श्रीमती दिलसराले सम्बन्ध विच्छेद गरेर माइतीमै बसेकी थिइन् । कान्छी श्रीमतीतर्फ पनि दुई छोरीहरु रहेका छन् । उनीहरु पनि त्यतिबेला सानै थिए र अहिलेसम्म बिचल्लीमै छन् ।

    बाबुको अनुहार चिन्न नपाउँदै सेनाले बाबुको हत्या गरि दिएपछि हेममाया मावालीको साहरामा बस्न बाध्य भएकी हुन् । हेममायाका बाबुको जमिन थोरै भएपनि घर थिएन र अहिले पनि आफ्नो घर छैन । तैपनि हेममायाले मामा सुर्य बिक लगायतको सहयोगमा पोखराको पिएन क्याम्पसमा स्नातक दोश्रो वर्षमा पढ्दै पोखरामै आमाको उपचार गर्दै बसिरहेकी छिन् ।

    ह्विलचेयरमा वरिपरि गर्ने आमा तुलसरा छोरी घरमा नहुँदा दिशापिसावमा समेत जान सक्दिनन् । प्रत्येक महिना अस्पताल पु¥याउनैपर्छ । उनकी आमाले राज्यबाट दिएको १० लाखमध्ये ३ लाख रुपैयाँ मात्र हातमा पारेकी छिन्, बाँकी ७ लाख बैंकमा छ । तीन बहिनीलाई बाँड्ने भनिएको त्यो रकम अहिलेसम्म पाउन सकेकी छैनन हेममायाले ।

    जसका कारण हेममायाले आमाको उपचारका लागि सबैसँग सहयोगको हात फैलाउनु शिवाय अरु विकल्प नभएपछि सञ्चारमाध्यमबाट समेत सहयोगको याचना गरेकी छिन् । सहिद परिवारकी छोरीको हैसियतले सानोतिनो जागिर सरकारले दिलाई दिने आशामा उनी छिन् । बाबुको हत्यापछि पार्टीले पनि खासै वास्ता नगरेको पनि उनको गुनासो छ । तस्विरः जीवनमरणको दोसाँधमा रहेकी हेममायाकी आमा

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…