• लिम्बु पत्रकार संघ जिल्ला कार्य समितिको तेस्रो जिल्ला अधिवेशनले सञ्चारकर्मी देशराज नेम्बाङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । आज शनिबार झापाको दमक स्थित समदर्शी टेक्निकल इन्स्टीच्यूटको सभाहलमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट नेम्बाङ सर्व सम्मत अध्यक्ष बनेका हुन् ।

    विगत लामो समय देखी मिडिया जगतमा क्रियाशिल नेम्बाङ समदर्शी सञ्चार मासिक पत्रिका प्रकाशन गर्दै आएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाका उपाध्यक्ष, पत्रकार मञ्च दमकका सचिव साथै अन्य विभिन्न संघसंस्थामा समेत आवद्ध छन् ।

    अधिवेशनले उपाध्यक्षमा उर्मिला लिम्बु, सचिव धनबहादुर थेवे (निङवा), कोषाध्यक्ष गंगा वेघा, सदस्यहरुमा पुष्पा जवेगु, कौशिला लिम्बु, अविन लिम्बु, याम खेवा र धनकुमार लावती (दिपेन) लाई सर्वसम्मत चयन गरेको हो ।

    कार्यक्रममा लिम्बु पत्रकार संघका केन्द्रीय अध्यक्ष देवेन्द्र खापुङ, महासचिव मिलन लिम्बु, केन्द्रीय सदस्य बिष्णु सुब्बा, भुमिका सुब्बा, लिम्बु पत्रकार मञ्चका केन्द्रीय कोषाध्यक्ष मनकुमार लिम्बु, किरात याक्थुङ चुम्लुङ दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङ, अग्रज पत्रकार दिलकुमार लावती, अग्रज पत्रकार सेसेमी से- नाल्वो, नेपाल प्रेस झापाका सह- संयोजक टिकाराम उप्रेती र पुर्व झापा जिल्ला अध्यक्ष सेसेहाङ् फियाक, दमक पत्रकार मञ्चका अध्यक्ष मनकुमार गदाल लगायतको उपस्थिति रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…