काठमाडौं, १७ माघ । सत्तारुढ दल नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ लामो समयपछि संसदमा पुगेका छन्, राष्ट्रियसभा सदस्यमा निर्वाचन जितेर ।
निर्वाचन जितेपछि श्रेष्ठले आफ्नो विजयले सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गरेर परिणाममुखी बनाउन मद्दत पुग्ने बताए ।
सरकार र सदनको प्रभावकारिता वृद्धि गरी ‘समृृद्ध नेपाल, सुखी नेपाली’को सरकारको आकांक्षालाई सफल तुल्याउन सरकारलाई सघाउने उनको भनाई छ ।
आफ्नो विजयले संसद्को उपस्थिति र सरकार सञ्चालनमा संख्यात्मक अन्तर पार्ने नभए पनि पार्टीको नीति र कार्यक्रम तथा घोषणापत्र अनुसार सरकारले नेपाली समाजको आवश्यकता अनुसार सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई गुणात्मक फड्कोमा पु¥याउने विश्वास श्रेष्ठको छ ।
श्रेष्ठ अब मन्त्री बन्नका लागि खुट्टा उचालिरहेका निकटस्थहरु बताउँछन् । नेकपा भित्रैबाट उनलाई मन्त्री बनाउनको लागि राष्ट्रियसभामा ल्याइएको चर्चा पनि चलिरहेको छ ।
कतिपयले त उनलाई अर्थमन्त्री बनाइने पनि बताउँदै आएका छन् । अहिलेका अर्थमन्त्रीको राष्ट्रियसभाको कार्यकाल आगामी फागुन २० मा सकिदैछ । त्यसपछि श्रेष्ठलाई अर्थमन्त्री बनाउने निकटस्थहरु बताउँछन् ।
निजी क्षेत्रको आग्रहमै नेकपाका अध्यक्ष पुष्पकमल दाहालले श्रेष्ठलाई राष्ट्रियसभामा ल्याएको बताउनेहरु पनि छन् । उनी मन्त्री बन्छन् वा बन्दैनन् ? त्यो भने भोलिको दिनले नै बताउला । तर, उनी पहिलो पटक सांसदमा निर्वाचित भएका छन् । श्रेष्ठको यो संसदको यात्रालाई भने अर्थपूर्ण रुपमा हेरिएको छ । अभियान टाइम्सका साथमा ।