• काठमाडौं, १७ माघ । माओवादी नेता अग्नि सापकोटा सभामुखमा निर्वाचित भए पनि उहाँमाथिको तरबार भने ज्यूँका त्युँ रहेको छ । सभामुख बन्नबाट रोक्न खोज्नेहरुलाई सर्वोच्च अदालतले निराश त बनाइदिएको छ ।

    तर, सर्वोच्च आदालतले नै अग्निको पुरानो मुद्दामा सोधखोज गर्दै सरकारको ध्यानाकर्षण गराएपछि उनी विरुद्ध तरबार झुण्ड्याईएको अर्थमा बुझिएको छ ।

    सर्वोच्चकी न्यायाधीश सपना मल्लको इजलासले एउटी महिलाले आफ्ना श्रीमानको हत्याराको पहिचान गरी सजाय दिलाउन खोज्नु मनाशिव भन्ने व्याख्या गर्दै सभामुखमा निर्वाचित सापकोटा विरुद्धको ज्यान मुद्दाको अनुसन्धान के भएको छ यथार्थ विवरण दिनु भन्नुलाई निकै अर्थपूर्ण रुपमा व्याख्या गरिँदैछ ।

    त्यसलाई कतिपयले प्रधानमन्त्री केपी शर्मा ओलीको लाइन अनुसारको आदेश समेत भनेका छन् । प्रधानमन्त्री ओलीले सभामुख सापकोटामाथि झुण्ड्याइएको त्यही तरबार प्रयोग गरेर संसदबाट गराउनु पर्ने कामहरु गराउन सक्ने अनुमान राजनीति वृत्तमा गरिँदैछ ।

    किनभने भोलि पूर्व सभामुख कृष्णबहादुर महराले जस्तै विधेयक वा एमसीसी लगायतका समझौता अनुमोदनमा अप्ठेरो गर्ने अवस्था आयो भने दूधको झिँगा निकाले झैं निकाल्न सकिने अवस्था अग्निको सन्दर्भमा पनि रहेको बताइन्छ ।

    यद्यपि अदालतले आफू कहाँ पहिलेदेखि विचारधीन मुद्दाको अनुसन्धानबारे राज्य संयन्त्रको ध्यान आकृष्ट गर्न खोज्नु स्वभाविक आदेश हो । अर्को तर्फ सापकोटालाई सभामुख नै बन्न नदिन भनेर मोर्चाबन्दी गरेका अधिकारीकर्मीहरुले समेत हार खाएका छैनन् ।

    देशभित्रको लडाईमा धक्का लागे पनि उनीहरुले व्यक्ति हत्याको आरोपी व्यत्ति संसदको सभामुख बनेको विषयलाई अन्तर्राष्ट्रिय फोरमहरुमा उठाउने तयारी सभामुखहरुको संगठनलगायतका अन्तर्राष्ट्रिय संघ संस्थाहरुलाई पत्राचार गरेर नेपालका सभामुखको अवस्थाबारे प्रष्ट पार्ने र उनलाई अन्तर्राष्ट्रिय फोरमहरुमा पुग्न नदिने कसरत जारी राख्ने भएका छन्, नेपालीपत्रमा उल्लेख छ ।

    तर, यसलाई विश्लेषकहरुले भने अतिवादी सोचाई समेत भनेका छन् । माओवादी द्वन्द्वको नेतृत्वकर्ता प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्ने देशको अभिभावक स्वीकार्ने अनि अग्निलाई सभामुख बन्यो भनेर लखेट्नुलाई दाईलाई सक्दिन, भाउजुसँग डराउदिन भन्ने उखानलाई चरितार्थ गर्नु जस्तै हो भनिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…