राष्ट्रिय बाणिज्य बैंकले बिभिन्न बचत खाताका लागि नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले शुक्रबार एक सुचना जारी गर्दै नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
नयाँ व्याजदर माघ १८ गते अर्थात शनिबारदेखि लागू हुने बताइएको छ । बैंकले खातामा रकमको न्यूनतम सिमा तोक्दै व्याजदर निर्धारण गरेको देखिन्छ ।
बैंकले सामान्य बचत खातामा ४ प्रतिशत व्याज दिने बताएको छ । यस्तै, राष्ट्रिय बाणिज्य बैंक बचत खाता, सुनौलो बचत खाता, डाएमण्ड बचत खाता, कर्मयोगी बचत खातामा, छुनामुना बचत खातामा ६ प्रतिशत व्याज दिने उल्लेख गरेको छ ।
यस्तै, शिक्षक बचत, नेपाल सरकार पेन्सनर बचत, बैंक पेन्सनर बचत, सामाजिक सुरक्षा बचत, सशस्त्री प्रहरी बचत, प्रहरी बचत, युनिभर्सीटी पेन्सनर बचत, नेपाल दुरसञ्चार पेन्सनर बचत, कृषि अनुसन्धान पेन्सन्र बचत खातामा पनि ६ प्रतिशत व्याज दिइने छ । यस्तै, ६ प्रतिशत नै व्याज पाउने खाता अन्तरगत दीर्घायु बचत खाता, भुकमप पीडित बचत, बैंक कर्मचारी बचत, तलवी बचत, राबा बैंक समृद्धि बचत र छोरी सुरक्षा बचत खाता रहेका छन् ।
यस्तै, विदेशी मुद्रा बचतमा ०.७५ देखि १.५ प्रतिशतसम्म व्याज दिइने बताइको छ ।
बिशेष मुद्दती निक्षेप अन्तरगत ३ महिनाको बचतमा ६.५ प्रतिशत व्याज दिइने छ । यस्तै ६ महिनेमा ७ प्रतिशत, १ बर्षेमा ७.२५ प्रतिशत, १८ महिनेमा ७.७५ प्रतिशत, २ बर्षेमा ८ प्रतिशत र ३ बर्षेमा ८.२५ प्रतिशत व्याज दिइने छ । यस्तै, ३७ महिनादेखि ४ बर्षसम्म र ६० महिनेका लागि ८ं.५० प्रतिशत व्याज दिइने छ ।
यस्तै, बैंकले कर्पाेरेट मुद्दती खातामा ६.५० देखि ८.५० प्रतिशतसम्म व्याज दिने छ । यस्तै, गोल्डेन मुद्दती निक्षेपमा पनि ८.५० देखि ९.२५ प्रतिशत व्याज नै दिइनेछ । यस्तै, राष्ट्रिय गौरव आयोजना प्रभावितहरुका लागि ३ महिना देखि २ बर्षसम्मको मुद्दती निक्षेपमा ९.२५ प्रतिशत व्याज दिइने छ ।
यस्तै, राष्ट्रिय बाणिज्य बैंक प्लयाटिनम मुद्धती निक्षेपमा व्यत्तिगतलाई ९.२५ र संस्थागतलाई ८.५० प्रतिशत व्याज दिइने छ ।
यस्तै, एनिर्भसरी मुद्दती निक्षेपमा ८.५०, अक्षयकोष मुद्दती निक्षेपमा ८.५० प्रतिशत व्याज दिइने छ । साथै, दीर्घायु मुद्धती निक्षेप ९.२५ प्रतिशत व्याज दिइने छ