• धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका एक बिरामीलाई कोरोना भाइरस सङ्क्रमण भएको आशंकामा अस्पतालले परीक्षणका लागि राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा पठाएको छ ।

    उच्च ज्वरो र घाँटीको दुःखाइका कारण उनी उपचारका लागि प्रतिष्ठानको आकस्मिक कक्षमा बिहीबार भर्ना भएका थिए । उनलाई बिहीबार साँझ नै काठमाडौं पठाइएको अकास्मिक कक्षका प्रमुख डा ज्ञानेन्द्र मल्लले जानकारी दिए । उपचारका लागि आएको बिरामीलाई तीन दिनदेखि १०३ डिग्रीसम्म ज्वरो आएको उनले बताए ।

    धरान–११ घर भएका उनी पाँच दिनअघि मात्र दक्षिण कोरियाबाट नेपाल आएको बताइएको छ । उनी कोरियामा हुँदै भाइरसको चर्चा भएको र उनी आफै भाइरसको शंका गरेपछि मेडिसिन विभाग र प्रतिष्ठानको विज्ञ टोलीसँगको परामर्श गरी उहाँलाई परीक्षणका लागि टेकु पठाइएको डा मल्लले बताए ।

    प्रतिष्ठानमा उक्त भाइरस भए नभएको परीक्षण गर्ने किट छैन् । प्रतिष्ठानले बिहीबार नै अस्पताल निर्देशकको संयोजकत्वमा १२ सदस्यीय र्‍यापिड रेस्पोन्स टिमसमेत बनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…