रातोकलम अनलाइन।
नेपाली गीत लेखन क्षेत्रको क्षितिजमा देखिएको नाम सेमन्त राई पनि एक हो।परदेशमा रहेर पनि पछिल्लो समयमा आफुलाई नेपाली गीत रचनाकारको रुपमा स्थापित गर्दै आएका छन्। 
 
जीवनको उत्तरार्धमा आएर आफुमा रहेको ईच्छा पुरा गर्न राईले आफ्नो लेखन विधालाई ससक्त बनाउँदै लगेका हुन्। उनको दोश्रो गीत "चाहे जस्तो" हालै बजारमा सार्वजनिक भएको छ। उनले आफ्नै जिन्दगी संग सम्वन्धित विषय वरिपरी रहेर यस गीतको रचना गरेका छन्। 
 सुनिल राईको  संयोजन र संगीतमा बनेको यस गीतमा सुनिता थेगिमको स्वर रहेको छ। आफुलाई भावुक भएर गीत संगीतमा डुब्न मन पराउने राई प्राय: सेण्टिमेण्टल गीत नै बढी रुचाउँछन्। उनको मन पर्ने विधाहरु मध्ये प्राय: गजल लेखनलाई मन पराउँछन्।  
त्यसो त गीत, कविता, मुक्तक, हाईकु, नियात्रा विधामा पनि उत्तिकै कलम चलाउँदै आएका छन्।परदेशमा बसेर नेपाली साहित्यलाई मात्र नभएर फुर्सदको समयमा आफ्नै मौलिक बाजा बाँसुरी पनि बजाउन रुचाउँछन्।  
https://youtu.be/OvUCGKSv6JE
 
                                
 
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        