नेकपामा जारी दाेश्राे केन्द्रिय कमिटी बैठकमा १५ समुह बनाइएको छ । यसमा विभिन्न समुहबाट फरक आवाज उठाइएको छ । यसमध्ये समुह नंवर ९ ले कृष्ण बहादुर महराको बिषयमा के भएको हो पार्टीले खोज्नु पर्ने कुरा उठेको छ ।
डिल्लीबजार कारागारमा जेलजीवन बिताइरहेका छन् महरा माथि अन्न्याय भएको हुन सक्छ तसर्थ यस बिषयमा छुट्टै छानवीन कमिटी बनाउनु पर्ने माग भएको छ । महरा जेल परेपछि यो दोश्रो केन्द्रिय कमिटी बैठक बसी रहेको छ ।
पार्टीमा भएको समूहगत छलफलका क्रममा महराको विषयमा नेकपा भित्रैबाट छानबिन गरेर जानुपर्ने आवाज उठेको हो ।
जारी बैठकमा ९ नम्बर समूहका सदस्यहरुले महरालाई बढि नै अन्याय भएको हुनसक्ने भन्दै पार्टीले आन्तरिक छानबिन गरेर न्याय दिनुपर्ने माग गरेका थिए ।
९ नम्बर समूहको नेतृत्व केन्द्रीय सदस्य भगवती चौधरीले गरेकी छन् ।
चौधरीले ‘तत्कालिन सभामूख महरालाई जुन आरोप लागेको छ । त्यसबारे पार्टीभित्र उच्चस्तरीय छानबिन समिति गठन गरेर अघि बढ्नुपर्छ,’ त्यो पार्टीभित्रबाटै सल्ट्याउनुपर्ने विषय हो ।’ भनेकी छन् ।