• काठमाडाैँ – नेपाल राष्ट्रबैंकले फेसबुक, इन्स्टाग्राम, ट्विटर, युट्युबलगायतका सामाजिक सञ्जालमा विज्ञापन गर्न रोक लगाएको छ। सामाजिक सञ्जालमार्फत विज्ञापन गरे विदेशी विनिमय मुद्राको अपचलनको मुद्दा लाग्ने राष्ट्रबैंकले जनाएको छ।

    राष्ट्रबैंकले शुक्रबार विज्ञप्ति जारी गरी इन्टरनेटका माध्यमबाट सामाजिक सञ्जालका सञ्चालक कम्पनीलाई रकम पठाउने कार्य गैरकानुनी भएकाले आगामी दिनमा कसैले यस्तो काम गरेमा विदेशी विनिमय ऐन, २०१९ र प्रचलित कानुनबमोजिम कडा कारबाही हुने जनाएको छ।

    ‘अनलाइनमार्फत हुने विज्ञापन रोक्ने हाम्रो उद्देश्य होइन’, नेपाल राष्ट्रबैंक विदेशी मुद्रा विनिमय विभागका प्रमुख गुरुप्रसाद पौडलले भने, ‘तर गैरकानुनी रुपमा हुँदै आएको अनौपचारिक कारोबारलाई औपचारिक गर्न खोजिएको हो।’ सामाजिक सञ्जाललगायत अनलाइन पोर्टलहरुले सामाजिक सञ्जालमामार्फत विज्ञापन गर्दा बैंकमार्फत भुक्तानी गरुन् भन्ने उद्देश्यले नयाँ निर्देशन जारी गरेको उनले बताए। नेपालबाट अनलाइन विज्ञापनका लागि सामाजिक सञ्जाल सञ्चालक कम्पनीले कति रकम लैजान्छन् भन्ने यकिन तथ्यांक छैन।
    (नागरिक न्युजबाट)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…