• स्याङ्जाको वालिङ नगरपालिकाले खरका छाना हटाउने अभियान शुरु गरेको छ । नगर कार्यपालिकाको पाँचौँ नगरसभाले नगरभित्रका खरका छाना हटाएर जस्तापाता लगाइदिने नीति तथा कार्यक्रम पारित गरेसँगै लागत सङ्कलनपश्चात जस्तापाता वितरण थालिएको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।

    “नगरभित्रका १४ वडाका खरका छाना विस्थापनका लागि लागत सङ्कलन गरी शुक्रबारबाट जस्तापाता वितरण थालेका हौँ”, नगर प्रमुख खाँणले भने, “पहिलो चरणमा अति विपन्न घर परिवारलाई प्राथमिकतामा राखेका छौँ ।”

    शुक्रबार वालिङ–५ का बेगबहादुर सार्कीलाई तीन बण्डल जस्तापाता निःशुल्क प्रदान गरिएको नगर प्रमुख खाँणले बताए । खरको छानो स्वास्थ्यका दृष्टिले उपयुक्त भए पनि आगलागीको सम्भावना बढी हुने र अर्कोतर्फ खर छाउने दक्ष कामदारको अभाव भएकाले नगरपालिकाको आर्थिक सहयोगमा जस्तापाता राख्ने योजना बनाएको नगर प्रमुख खाँणको भनाइ थियो ।

    “कतिपय घरपरिवार खरको छानो फेर्न नसक्ने अवस्थामा हुनुहुन्छ”, नगर प्रमुख खाँणले भने, “खरका छानो भएका गरिब हुन् भनी फरक ढङ्गले हेर्ने र हेप्ने प्रवृत्तिको अन्त्यका लागि पनि यो अभियान थालेका हौँ ।” खरका छाना भएका घरधनीले वडाको सिफारिस र खरको छानोको फोटोसहितको निवेदन नगरपालिका कार्यालयमा दिएपछि प्राविधिकबाट लागत अनुमानअनुसार जस्तापाता प्रदान गर्ने प्रक्रिया रहेको नगर उपप्रमुख कल्पना तिवारीले बताइन् । नगरपालिकाले खरका छाना विस्थापनका लागि आवेदन माग गरेसँगै हालसम्म ४२८ को निवेदन परेको निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम सापकोटाले बताए ।
    रासस

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…