• बेलबारी । नेपाली काँग्रेसका महासमिति सदस्य सुनिल शर्माले बेलबारी नगरपालिका वडा नम्बर ९ को बैराखुनी टोललाई कम्युनिष्ट मुक्त टोल घोषणा गरेको १ महिना नवित्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राजन श्रेष्ठको अध्यक्षतामा ५० सदस्यीय टोल कमिटी गठन गरेको छ ।

    टोल कमिटी गठन कार्यक्रममा २ सय जना भन्दा वढीको सहभागिता रहेको थियो । तत्कालिन नेपाली काँग्रेस डाँगीहाट गाबिस नगर सभापति बद्रि मण्डलको टोलमा नै नेकपाले टोल कमिटी गठन गरेपछि काँग्रेसलाई असर परेको छ । सरसफाई कार्यक्रम भनेर बोलाएर कार्यक्रममा आउनेलाई स्वागत गरेको भन्दै अविर लगाएका थिए । एक स्थानिय महिलाले भनिन् भरै पार्टी प्रवेश गरेको भनेर हल्ला फैलाएछन् ।

    शर्मा सहित काँग्रेसका केही नेताहरुले कम्युनिष्ट मुक्त टोलको घोषणा गर्दै पार्टी प्रवेश गराएको प्रति समेत असुन्तष्ट ब्यक्त गरेका छन् । टोल कमिटि गठन कार्यक्रममा नेकपा बेलबारीका अध्यक्ष पर्शुराम सुवेदी वडाअध्यक्ष नगेन्द्र खड्का पुर्व डाँगीहाट गाविसका अध्यक्ष राजकुमार बस्नेत, बेलबारी नगरपार्टी सदस्य गणेश अधिकारी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…