उर्लाबारी । कुमारी वचत तथा ऋण सहकारी संस्था लि. उर्लाबारीको १२ औं स्थापना दिवसको अवसरमा पत्रकार किशोरकुमार श्रेष्ठलाई सम्मान गरिएको छ ।
शनिबार उर्लाबारी पार्टी प्यालेसमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष कृष्ण प्रधान र कार्यक्रम संयोजक मणिलाल श्रेष्ठले दोसल्ला र सम्मान पत्र प्रदान गरी सम्मान गरेका हुन् । युवा मन मिडिया प्रा.लि. का अध्यक्षसमेत रहेका श्रेष्ठले पत्रकारिताको माध्यमबाट समूदाय नगरको हितमा हकहितमा उल्लेखिय योगदान पु¥याएको भन्दै सम्मान गरिएको छ । पत्रकार श्रेष्ठसहित रमपम ट्यालेन्ट हन्ट सिजन ३ का सोनिय प्रधान, स्वर्ण पदक विजेता भूपेन श्रेष्ठ र बाद्यवादनमा सर्वज्ञा रत्न शाक्यलाई सम्मान गरिएको छ । कार्यक्रम सहकारीका अध्यक्ष प्रधानको सभापतित्वमा भएको थियो ।