बाहुण्डाँगी । पथरी जेसिजको ८ औँ पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम बिहिबार सम्मपन भएको छ ।
पथरी जेसिजका निवर्तमान अध्यक्ष मान बहादुर दियालले बर्ष २०२० का लागि नवनिर्वाचित अध्यक्ष सन्तोष ढुङ्गगेललाई चेन लगाएर पदको हस्तान्तरण गर्नु भयो।
यस अघि भएको साधारण सभाबाट कार्यकारीणी उपाध्यक्षमा अनिता राई र ईश्वरी सापकोटा,उपाध्यक्षमा निर्मला भट्टराई,भुवन थापा,निरोज बस्नेत र राज कुमार वि।क। साथै सचिवमा आबिस्कार बस्नेत निर्वाचित भएको निर्वाचन आयुत्त टिका बिक्रम चौहानले घोषणा गर्नु भयो ।
त्यस्तै गरि कानुनि सल्लाहकारमा काँशिहाङ्ग राई,महासचिबमा सुर्वण केसि,शाखा सम्पादकमा सरोज दराल,कोषाअध्यक्षमा सुमन कुरुङ्गबाङ्ग,जन सम्पर्क अधिकारीमा नारायण गुरागाई,तालिम संयोजकमा अनोज घिमिरे साथै सञ्चार संयोजकमा एलिना दियाली मनोनित हुनु भएको छ ।
कार्यक्रममा विभिन्न क्षेत्रबाट पथरी जेसीजलाई २०१९ मा सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । जसमा रातोकलम अनलाइनका सम्पादक एवम बाहुण्डाँगी जेसीजका २०१९ का महासचिव देबु बानियाँलाई सम्मान गरिएको थियो । बानियाँले पथरी जेसीजका संस्थापक अध्यक्षलाई २०२० का लागि राष्ट्रिय अध्यक्षका निम्ति उम्मेदवारी प्रबद्र्धनका क्रममा निरन्तर रुपमा साथ र सहयोग गर्दै मेची महाकाली यात्रामा निस्किएका थिए । जसमा बानियाँले ३ चरणमा गरेर देशका १ सय ३२ वटा शाखामा राष्ट्रिय अधयक्षका तत्कालिन उम्मेदवार शंकरसँग हिडेका थिए । सोही अभियानमा महत्वपर्ण योगदान गरेको भन्दै बानियाँलाई पथरी जेसीजले सम्मान गरेको हो ।
यसैगरीले प्रदान गर्ने स्मार्ट जेसिज अवार्डबाट निर्मला भट्टराईलाई पुरस्कृत गरिएको थियो ।
शाखाका अध्यक्ष मान दियालीको सभापतित्व तथा पथरीशनिश्चरेका नगर प्रमुख दिलिप कुमार राईकोे प्रमुखआतित्यथतामा सम्पन्न कार्यक्रममा पथरी जेसिजका संस्थापक अध्यक्ष तथा नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष सिनेटर अशोक शंकरको विशिष्ट आतित्थता रहेको थियो । कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय प्रकरण प्रमुख मनिष सुर्य मगर,मातृशाखा लेटाङ्ग जेसिजका अध्यक्ष तथा पुर्व अध्यक्ष,पथरी जेसिजका पुर्वअध्यक्ष साथै छिमेकी शाखाका अध्यक्ष,पुर्वअध्यक्ष तथा पदाधिकारीको उपस्थिति रहेको थियो । कार्यक्रम संयोजक निरज बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव सुमन कुरुङमाङले गरे्का थिए ।