• माघ १९ गते

    काठमाडौँ,  । राजधानीको चावहिल मित्रपार्कमा सवारी चालक तथा बटुवा दुवैलाई आवागमनमा सकस छ । बौद्ध–गुह्येश्वरी खण्डबाट मित्रपार्क, कालोपुल हुँदै मित्रपार्क, गौशालाबाट मित्रपार्क र चावहिल स्तुपाबाट मित्रपार्क जोडिने विभिन्न सडकले गर्दा मित्रपार्कमा बटुवालाई बाटो काट्न र सवारी चालकलाई सवारी हाँक्न निकै कष्ट भइरहेको छ ।

    बटुवा जयवागेश्वरीका पञ्चराम महर्जन भन्नुहुन्छ, ‘‘यहाँ बाटो काटेर वारपार हुनै कठिन छ, मोटरले धक्का दिइहाल्ला भन्ने संशय छ । केही समयअघि यही क्षेत्रमा सवारीले ठक्कर दिएर बटुवाको मृत्यु भएको थियो ।’’ यी सबैतर्फको निकास सहज बनाउन निकै समय सवारी रोकिराख्नुपर्ने समस्या पनि छ । राजधानीको गौशाला ट्राफिक कार्यालयका निरीक्षक दलराम टमाटाका अनुसार चावहिलमा खोपानीको पाइप बिछ्याउने कार्यबाट पनि असहजता देखा परेको हो भने मित्रपार्कमा बाटो खाल्डखुल्डी भएर पनि यस्तो भएको हो ।

    तर ट्राफिक प्रहरीले धेरैबेर कुर्न पर्खन नपर्ने गरी सहजताका साथ आवागम व्यवस्थित गरिरहेको छ । मित्रपार्क, जयवागेश्वरी चोकमा ट्राफिक बत्ती नभएर पनि असहज अनुभव गरिएको बताउँदै निरीक्षक टमाटाले यहाँ बत्तीको व्यवस्था गर्न लागिएको जानकारी दिनुभएको छ । टमाटा मित्रपार्क र गौशाला जयवागेश्वरीमा आकाशेपुलको टड्कारो आवश्यकता रहेको बताउनुहुन्छ । प्रायः सवारी चालकले गुह्येश्वरीबाट मित्रपार्क तर्फको उकालोमा मोटर चलाउन निकै गाह्रो हुने गरेको बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…