• फिलिपिन्समा कोरोनाभाइरसबाट संक्रमित एक बिरामीको मृत्यु भएको छ । चीनबाहिर यस भाइरसबाट सङ्क्रमित बिरामीको मृत्यु भएको यो पहिलो घटना हो । योसँगै यस भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३ सय ४ पुगेको छ ।

    फिलिपिन्समा ज्यान गुमाउने ४४ वर्षीय बिरामी पनि वुहानबाट आएका थिए । वुहानबाट नै गत वर्ष कोरोनाभाइरसको सङ्क्रमण शुरु भएको थियो ।

    फिलिपिन्सका लागि विश्व स्वास्थय सङ्गठनका प्रतिनिधि रवीन्द्र अबेयासिङ्घेले पत्रकारहरुसँग भने, ‘चीनबाट भाइरस संक्रमित बिरामीले ज्यान गुमाएको यो पहिलो घटना हो ।’

    यता, चीनले शनिबार मध्यरातसम्म ३ सय ४ जनाले ज्यान गुमाएको बताएको छ । ज्यान गुमाउने नयाँ बिरामी सबै हुबेइका हुन् ।

    चीनमा थप २५ सय ९० बिरामी फेला परेका छन् । योसँगै कोरोनाभाइरसबाट संक्रमित हुनेको सङ्ख्या १४ हजार ३ सय ८० पुगेको छ ।

    हालसम्म चीनबाहिर १ सय ३० जनामा कोरानाभाइरस संक्रमण भएको पुष्टि भएको छ । यो भाइरस एक दर्जनभन्दा बढी देशमा फैलिसकेको छ । जसमा नेपाल, कम्बोडियो, क्यानाडा, फ्रान्स, फिनल्याण्ड, जर्मनी, भारत, इटाली, जापान, मलेसिया, फिलिपिन्स, रुस, सिङ्गापुर, दक्षिण कोरिया, स्पेन, श्रीलङ्का, स्वीडेन, ताइवान, थाइल्याण्ड, बेलायत, युनाइटेड स्टेट्स, यूएई र भियतनाम रहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…