• चितवन — नेता गुणराज लोहनीलाई प्रहरीले फेरि पक्राउ गरेको छ । प्रतिबन्धित चन्द समूहको गतिविधिमा सक्रिय रहेको सूचनाका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ । उनलाई चितवन प्रहरीको हिरासतमा राखिएको छ ।

    ‘काठमाडौंबाट आएको विशेष ब्युरोले पक्राउ गरेर जिम्मा लगाएको हो,’ चितवन जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) एकनारायण कोइरालाले भने, ‘अनुसन्धान जारी छ।’

    यसअघिकात्तिक ५ मा पनि उनी पक्राउ परेका थिए। त्यतिबेला चितवन जिल्ला प्रशासनमा ‘अभद्र व्यवहार’ मुद्दामा पाँच हजार धरौटी बुझाएर उनी छुटेका थिए।

    स्वास्थ्यमा समस्या रहेको भन्दै उनलाई छुट्टी दिएको चन्द समूहले जनाए पनि पार्टीकै गतिविधिमा संलग्‍न भएको देखिएको प्रहरीको दाबी छ। यसअघि प्रतिबन्धितनेत्रविक्रम चन्द समूहले लोहनीलाई पार्टीले जिम्मेवारीबाट मुक्त गरेको जानकारी सार्वजनिक गरेको थियो।
    (कान्तिपुर अनलाइनबाट)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…