सुनसरी / हात्ती चढेर आएका मुख्यमन्त्री शेरधन राईले कोशी पर्यटन महोत्सव उद्घाटन गरेका छन् ।
महेन्द्र राजमार्गस्थित जमुवाबाट हात्ती चढेर आएका मुख्यमन्त्री राईले चराको राजधानीको रुपमा चिनिने कोशीटप्पुमा १० दिने पर्यटन महोत्सव उद्घाटन गरेका हुन् । संघीय र प्रदेश सरकारको उदेश्य अनुरुप पर्यटक भित्र्याउन कोशी पर्यटन महोत्सव गरिएको हो । सुनसरीको कोशी गाउँपालिकाले कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय आसपास भ्रमण बर्षलाई सहयोगको लागी आयोजना गरिएको हो ।
कोशी गाउँपालिकाको आयोजनामा शुरु भएको महोत्सव २९ गतेसम्म महोत्सव आयोजना हुनेछ । कोशी टप्पु र आसपासको क्षेत्रमा रहेको पर्यटकीय महत्वका प्याकेज ल्याएर कोशी गाउपालिकाले महोत्सब गराएको हो । महोत्सवमा आउने पर्यटकले हात्तीदेखि जंगल सफारी सम्मको यात्रा गराउने व्यवस्था छ । आन्तरिक, ५० हजार भारतीय, तेस्रो मुलुकबाट समेत जोडिने गरि एक लाख पर्यटकहरु भित्र्याउने उदेश्य छ