• माघ २०, पथरी ।
    मोरङको पथरीशनिश्चरे नगरपालिकाले हात्तीपाइले रोगको निवारणका लागि स्थानीय तहका सवै निकायलाई परिचालन गरी रोग निवारण अभियान संचालन गर्ने भएको छ ।
    आइतबार नगरपालिकाको सभा हलमा भएको पत्रकार सम्मेलनमा नगर प्रमुख दिलिपकुमार राईले हात्तीपाइले रोगलाई सन् २०२० बाट उन्मुलन गर्ने महाअभियानमा स्थानिय तहका निकाय र क्षेत्र सग सम्वधित सरोकारवालालाई परिचालन गर्ने बताउनु भयो ।
    सर्वसाधरणमा हात्तीपाइलेको औषधि विकशित राष्ट्रले विपन्न र अल्पविकसित राष्ट्रका जनतामा प्रयोग गर्न पठाएको भन्ने भ्रम रहेकोे पाइएको छ । चर त्यो हल्ला मात्र हो यसमा नबहकिन आग्रह गर्दै राईले सवैलाई औषधि सवेन गर्न आग्रह गर्नुभएको छ ।
    राईले यही औषधि खाएर संसारभरबाट हात्तीपाइले उन्मुलन हुने क्रममा रहेको समेत उल्लेख गर्नुभयो ।


    अघिल्लो वर्ष देश मै सबैभन्दा बढी औषधि सेवन गराएर कीर्तिमानी कायम गरेको नगरपालिकाले पत्रकार सम्मेलन गर्दै सञ्चारकर्मीलाई सर्वसाधणको मनमा रहेको यो शंकालाई मेटाईदिन समेत अनुरोध गर्नुभयो ।
    नगरपालिकाका स्वास्थ्य संयोजक मुरारी आचार्यले संसारका धेरै मुलुकले यही औषधि नूनमा मिसाएर खुकाएको बताउँदै जसरी खाए पनि संसार भर हात्तीपाइले बिरुद्ध सेवन गर्ने औषधि एकमात्र रहेको उल्लेख गर्नुभयो ।
    पत्रकार सम्मेलनमा नगर अस्पतालका मेडिकल अधिकृत डाक्टर सावन महतोले पत्रकारहरूलाई रोगको विगत र वर्तमान बारेमा जानकारी गराउनु भएको थियो ।


    डाक्टर महतोका अनुसार प्रदेश नं. १ को झापा , मोरङ र धनकुटा जिल्लामा मात्रै यो रोगका बिरामी देखिएका छन् । त्यसमा पनि मोरङमा बढी जोखिम रहेको उहाँको भनाई छ ।
    प्रदेश नं. १ का तीन जिल्लामा माघ २५ गते देखि घर घरमा पुगेर स्वास्थ्यकर्मी र स्वास्थ्यस्वयं सेविकाले यो औषधि खुवाउने कार्यक्रम छ । पथरीशनिश्चरे नगरपालिकाले अभियान सञ्चालन हुने एक साताभरि सञ्चारकर्मीहरूलाई समेत अभियानमा सहभागी गराउने भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…