• काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दोस्रो केन्द्रीय कार्यसमिति बैठक सम्पन्‍न भएपछि आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा रात्रीभोजका लागि सबै सदस्यलाई ह्विप जारी गरियो । ह्विप जारी भए पनि केही युवा नेताहरु पनि रात्रिभोजमा सहभागी भएनन् ।

    बालुवाटारमा रात्रिभोज तथा दिवा भोज आयोजना भएको यो पहिलो पटक भने होइन । सरकार गठन भएको सात महिना हुँदा बालुवाटारमा झन्डै एक दर्जनपटक पार्टी आयोजना भएका थिए । त्यसयता पनि कहिले ओली वंशको सम्मेलन त कहिले पार्टीको सांसदहरुलाई पनि पार्टी । मन्त्रि नियुक्त हुँदा पनि पार्टी, मन्त्री बर्हिगमन हुँदा पनि पार्टी, जिल्लाबाट नेता आउँदा पार्टी, मख्यमन्त्रीलााई बिदा गर्दा पनि पार्टी, फरक दलका नेता, कलाकार, खेलाडीलाई बोलाएर पार्टी दिनेक्रम भने रोकिएको छैन ।

    वंशको भेला बोलाएर पार्टी गर्दा बालुवाटारको अंश प्रधानमन्त्रीको हो र भन्‍दै आलोचना गरेका छन् । प्रधानमन्त्री सिंगो मुलुकको हो । वंश, कुल, परम्परा र साँगुरो घेराभित्र मात्र बस्न सुहाउन्न । समग्र देशको प्रधानमन्त्री भइ सकेपछि उसको दायित्व सानो घेरा, वंश कुल पार्टी विशेष र कार्यकर्ता विशेषमा होइन देश विशेषमा केन्द्रित हुनुपर्छ । राज्यको शक्ति सेवा र स्रोत सबैको पहुँचमा पुर्‍याउनु पर्छ । नकी निहित स्वार्थमा मात्र ? प्रधानमन्त्री त हिजो उनलाई चुनाव हराउन दिलो ज्यानले लाग्ने विरोधी दल र कार्यकर्ताको पनि हो । कसैलाई भोट नै नहाल्ने सर्वसाधारणको पनि हो । प्रधानमन्त्री भइ सकेपछि उनले कतिपय निजी कुरा पनि भुल्नु पर्ने बाध्यता र परिस्थितिमा हुन्छन् ।

    २२ वर्षे लामो राजनीतिक यात्रापछि पाकिस्तानमा पूर्वक्रिकेटर इमरान खानले प्रधानमन्त्रीमा आएपछि उनले मन्त्री तथा अन्य उच्चपदस्थ अधिकारीहरुको सेवासुविधामा व्यापक कटौती गरे । त्यसअघि प्रयोग हुँदै आएको भव्य प्रधानमन्त्री निवासमा नबस्‍ने घोषणा गरे । ठूलो प्रधानमन्त्री निवासमा बस्‍नु खर्च धेरै हुनु हो भन्ने उनको तर्क थियो ।

    प्रधानमन्त्री भइसकेपछि निजी निवास छाडेर सरकारी निवास वालुवाटारमा प्रधानमन्त्रीहरु सर्ने गर्छन् । पर्याप्त सुरक्षा, उच्चस्तरीय भेटघाट भइरहने हुँदा त्यही अनुसारको खुला ठाउँ, सौन्दर्यता लगायतका कारण निजी निवास छाडेर प्रधानमन्त्री सरकारी निवासमा आउँछन् । प्रधानमन्त्री कार्यालय व्यवस्थापनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सचिवालय नै बनाएर कर्मचारी राखेको हुन्छ ।

    देशकै सर्वोच्च कार्यकारी पदमा बसेको व्यक्ति भएकाले प्रधानमन्त्री निवासमा मान्छेको जमघट हुनु, चियापान हुनु स्वभाविक हो । विगतमा पनि भएका थिए, त्यसकारण सामान्य जमघट र चियापानलाई अस्वभाविक भन्‍न मिल्दैन । तर, अहिले हरेक दिनजसो म भ्रष्टाचार पनि गर्दिन र गर्नेलाई पनि छाड्दिन भन्‍ने प्रधानमन्त्री केपी शर्मा ओलीले भने बालुवाटारलाई आफ्नै निजी घर अथवा भाडामा लिइएको पार्टी प्यालेसका रुपमा प्रयोग गरेको देखियो ।

    तर, यहाँ सरकारी खर्चमै सरकारी निवासमा विभिन्‍न भोज र पार्टीहरु आयोजना भइरहेका छन् । हरेक पटक प्रधानमन्त्री निवासमा पार्टीहरु दिँदै अहिले अभिव्यक्तिको निकै सक्रिय र सशक्त माध्यम सामाजिक सञ्‍जालमा निकै चर्को आलोचना हुने गरेको छ । प्रधानमन्त्रीले सायद त्यो आलोचनालाई रोक्‍न हुनुपर्छ सामाजिक सञ्‍जाललाई नियन्त्रण गर्ने विधेयक ल्याएको छ । पटक-पटक सञ्‍चारमाध्यमहरुलाई निशानामा राखेको छ ।

    प्रधानमन्त्रीले आफूले भ्रष्टाचार नगरेको भए पनि सञ्‍चारमाध्यमले आफ्‍नो सरकारलाई भ्रष्टाचारको बिल्ला भिराएको, टाउको झोडेर नानाथरी लेखेको, सरकारका राम्रा कामको प्रचार नगरेको भन्दै मुटु भएका सम्पादक नभएको भन्दै उनले आलोचना गरे । विभिन्‍न सञ्‍चारमाध्यमका सम्पादक तथा लेखकहरुले विभिन्‍न प्रतिक्रिया दिए ।

    खनखनी पैसा गनेर घुस खानु मात्रै भष्टाचार होइन । पार्टी एकताको नाममा बालुवाटारमा गरेको राज्यशक्ति र राज्यकोषको दुरुपयोग भ्रष्टाचार हो, आफ्ना पार्टीका नेताहरुलाई बोलाएर पार्टी दिनु भ्रष्टाचार हो, आफ्नो ओली वंशलाई बालुवाटार बोलाएर पार्टी दिनु भ्रष्टाचार हो । अनि बाहिर सार्वजनिक कार्यक्रममा हरेक दिन चर्का भाषण ठोक्दैमा सुशासन कायम हुन्छ ? अरुलाई सुशासनका भाषण दिनेले आफैंले त्यसको सुरुवात गर्नु पर्दैन ?

    प्रधानमन्त्रीको कार्यशैली ठ्याक्कै हिटलरको नाजी शासनकालमा प्रोपोगान्डा मन्त्री जोसेफ गोयबल्स जस्तै लाग्छ । काम गर्ने होइन तर गलत कुरा सय पल्ट दोहोर्‍यायो भने सत्य हुन्छ भन्ने गोयबल्सको कार्यशैली ओलीलाई पनि खुब मन पर्छ जस्तो छ । हरेक दिन ‘म भ्रष्टाचारविरोधी, म सुशासन कायम राख्ने प्रधानमन्त्री’ भन्दै चर्का स्वरमा भन्दै हिँड्छन् । नागरिकलाई सुरुमा लागेको थियो, ‘वाह हाम्रा प्रधानमन्त्री त क्या सुशासनका प्रवर्द्धक र भ्रष्टाचारविरोधी रहेछन्।’ तर, अहिले नागरिकले प्रधानमन्त्रीलाई चिनिसकेका छन् । र जनताले प्रश्‍न गरेका छन् कि बालुवाटार प्रधानमन्त्री निवास हो, सरकारी सम्पत्ति दोहन नगर्न र पार्टी प्यालेस नबाउन सामाजिक सञ्‍जालमार्फ आग्रह गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…