• काठमाडौं, २० माघ । पाँच वर्षे कार्यकाल पूरा गरी माघ २२ बाट गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र अर्थमन्त्रालयका सचिव राजन खनाल सेवा निवृत्त हुँदैछन् । उनीहरु घर गएपछि रिक्त हुने सचिव पदमा पुग्न नेताहरुको दैलो चाहर्ने क्रम सचिवहरुले सुरु गरेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली र उनका निकटस्थ नेताहरुको घरमा विहान साँझ सचिवहरुको घुँइचो लाग्ने गरेको छ । गृहमन्त्री पूर्वमाओवादी नेता रामबहादुर थापा र अर्थमन्त्री पूर्वएमालेका डा. युवराज खतिवडा छन् । गृहमा प्रधानमन्त्री ओलीले राई जत्तिकै विश्वास पात्रको खोजी गरिरहेका छन् ।

    निकटस्थहरुले गृह सचिव बन्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइराला, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपाने, संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, भूमि व्यवस्था मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले प्रधानमन्त्री र उनी निकटका नेताहरुसँग लविङ गरिरहेका छन् ।

    लामो समय गृह मन्त्रालयमा बसेका र नेकपाका महासचिव विष्णु पौडेलका विश्वासपात्र भएकाले कोइरालानै त्यहाँ पुग्न सक्ने स्रोतहरु बताउँछन् ।

    ओलीले भने गृह सचिवमा कार्यसम्पादन मूल्यांकनभन्दा पनि आफूप्रति लोयल पात्र हो कि हैन भन्ने अध्ययन गरिरहेका उनको सचिवालयका एक सहयोगीले बताए । गृह सचिवको खोजीमा गृहमन्त्री थापा नलागे पनि राई भने आफ्नो तर्फबाट आफ्नै जिल्ला संखुवासभा घर भएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई लैजान लविङ गरिरहेका छन् ।

    तर, अन्य आकांक्षीहरुमध्ये महेश्वर न्यौपानेले प्रधानमन्त्री ओलीसँग काम गर्ने मौका अहिलेसम्म पाएका छैनन् । त्यसैले उनको क्षमताबारे ओली जानकार छैनन् । केदारबहादुर अधिकारीको पनि प्रधानमन्त्री ओलीसँग त्यति निकट सम्बन्ध नरहेको बताइन्छ ।

    अर्थ मन्त्रालयमा भने ओलीका लागि सचिव खोज्न त्यति गाह्रो छैन । किनभने अर्थमै रहेको राजस्व सचिव शिशिरकुमार ढुंगाना ओलीका प्रिय पात्र हुन् । त्यसैले वर्तमान अर्थ सचिव राजन खनालको अवकाशपछि ढुंगाना अर्थ मन्त्रालयको सचिव हुने निश्चित प्रायः रहेको स्रोतहरु बताउँछन् ।

    ओलीले ढुंगानालाई सचिव बनाएपछि उनलाई सम्पूर्ण अधिकारी सुम्पने हेतुले अर्थ मन्त्रालयमा रिक्त हुने राजस्व सचिवको दरबन्दी नै खारेज गर्ने तयारी गरेको स्रोतले जानकारी दियो । तर, अर्थ सचिव बन्न राष्ट्रिय योजना आयोगका सचिव लक्ष्मण अर्याल पनि दौडधुपमा छन् ।

    तर, उनको दौडधुप सफल नहुने जानकारहरु बताउँछन् । अर्थमन्त्री डा.युवराज खतिवडाको राष्ट्रिय सभा सदस्यको रुपमा दुई वर्षे कार्यकाल आगामी फागुनमा सकिँदैछ । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…