• काठमाडौं, २० माघ । नेपाली काँग्रेसले सभामुखमा उम्मेदवारी नदिएर उपसभामुखको भीख मागेपछि सरकार र काँग्रेसबीच प्याकेजमा सहमति भएको जानकारहरुले बताएका छन् ।

    संसद्मा प्रतिपक्षको भूमिकामा रहेको काँग्रेसलाई उपसभामुख दिएर सहमति, सहकार्य गर्दै अगाडि बढ्ने सोचमा नेकपाको सरकार रहेको बताइएको छ ।

    राजपासँग २ बुँदे सहमति गरे पनि संविधान संशोधनको मुद्दा पेचिलो बनेपछि उपसभामुखको दाबी राजपाले छाडेको स्रोतले जानकारी दिएको छ ।

    उपसभामुखको विषयमा राजपा अध्यक्षमण्डलबीच नै विवाद रहेकाले काँग्रेसले उपसभामुख पाउने लगभग निश्चित रहेको समाचार सूत्रले बताएको छ ।

    काँग्रेसबाट पुष्पा भुसाल र चित्रलेखा यादवमध्ये एकले पाउने बताइएको छ ।

    काँग्रेसले उपसभामुख नपाए राष्ट्रिय जनमोर्चाका सांसद् दुर्गा पौडेलले पनि पाउन सक्ने बताइएको छ ।

    नेकपाको सरकारले उपसभामुख पद कमाण्डलु लिएर काँग्रेसका सभापति एवं वरिष्ठ नेताले भीख मागेपछि नेकपा सकारात्मक संकेत देखाएको चर्चा चलेको छ ।

    जीत–हार जे भए पनि सभामुखमा उम्मेदवारी नदिएर काँग्रेसले गल्ती गरेको भन्दै काँग्रेसका नेताहरुले नै विरोध जनाएका थिए, नयाँ विमर्शमा उल्लेख छ ।

    उता पम्फा भुसाललाई सभामुख बनाउन गरेको प्रस्ताव कार्यान्वयन नभएपछि गृहमन्त्री रामबहादुर थापा एमसीसीको विरोधमा लागेको बताइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…