• उर्लाबारी । नेपाली कांग्रेस क्षेत्र ननं. १ मोरङका क्षेत्रीय सभापति तथा उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले पार्टीको आदर्श पथ भन्दा पनि नागरिकको सुख दुखमा साथ दिन तरुण दलका स्थानिय नेताहरुलाई निर्देशन दिनुभएको छ ।

    आईतबार नेपाल तरुण दल उर्लाबारीले आयोजना गरेको एक कार्यक्रममा सभापति फागोले तरुण दलका अगुवाहरुले आदर्शका कुरा गर्नुको भन्दा समस्यामा परेका स्थानिय बासीन्दाहरुलाई रचानात्मक कार्य गरी सहयोग पुर्याउदा समाजसेवा हुने बताउदै“, गरिवलाई न्यानो कपडा वितरण , आगजनी तथा प्रकृतिक विपद्मा सहयोग र रक्तदान एवं सकारात्मक सल्लाह प्रदान गरी नगरका सवै वडामा नागरिकलाई सेवा पुर्याउन निर्देशन दिनुभयो ।

    सो दलका नगर सभापति रोहित कार्कीको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य ललित अधिकारी, जिल्ला सदस्यद्धय प्रकाशचन्द्र थापा र सिता कार्की , क्षेत्रिय सदस्य दिपेन्द्र धिमाल, नगर सभापति बिरवल थापा, उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष प्रितम खड्गी, अरनीको हस्पिटल प्रालिका अध्यक्ष लोलिम पोमू सहितका वक्ताहरुले तरुण दलले लडाकु दस्ताको रुपमा नभई समाजलाई उत्प्रेरणा दिने कार्य गर्न सुझाव दिनुभयो । कार्यक्रममा अन्य पार्टी परित्याग गरी तरुण दलमा प्रवेश गरेका दुई दर्जन युवाहरुलाई कार्यक्रमको प्रमुख अतिथी समेत रहेका सभापति फागोले स्वागत गर्नुभएको थियो । सोही अवसरमा बिपीन लिम्बुको अध्यक्षतमा तरुण दल ७ नं. वडा समिति समेत गठन गरीएको नगर सभापति कार्कीले बताउनुभयो ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…