• इटहरी । बाबाको भेषमा महिला बलात्कार भएको पाइएको छ ।बाराको कोल्हवी नगरपालिकाको वडा नम्बर ११ रमपूर्वामा १४ वर्षिया बालिका बलात्कृत भएपछि यो रहस्य सार्बजनिक भएको हो ।

    विगत १५ वर्ष देखि कोल्हवी क्षेत्रमा एक भारतीय नागरिकले वर्ष ५५ को आफू आसाराम बाबाको चेला बताउने झण्डा बाबा भन्ने रामेश्वर शर्माले बालिकालाई बल्तकृत गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिए ।

    शर्माले बालिकालाई मन्त्र सिकाईदिने भनी बल्तकार गरिरहेकै अवस्थामा ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरिक्षक बालिष्टर सिंहले बताए ।आसाराम बाबाको चेला बताउने झणडा बाबा भन्ने रामेश्वर शर्मालाई पक्राउ गरेका बारे जिल्ला प्रहरी कार्यालय बाराले बताए । जिल्ला प्रहरी कार्यालय बाराले दिएका जानकारी अनुसार झणडा बाबा भन्ने रामेश्वर शर्माले आफू आसारामको चेला हो भनी कोल्हवी क्षेत्रमा झारफुक गर्ने बाबा हो भनी विश्वास जमाएर बस्दै आएको थियो ।

    शर्माले झारफुक तथा तन्त्रमन्त्र सिकाईने भनी बालिका तथा महिलालाई बोलाई यौन शोषण गर्दै आएका सुनेको जानकारी दिए। शर्माले नाबालिकलाई करणी गरेकाले फौजदारी अपराध सहिंता २०७४ अनुसार मुद्दा चलाउने बारे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जनाए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…