काठमाडौं, । नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूह उपस्थित बैठकले नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय सर्वसम्मत रुपमा गरेको छ ।
गत मंसिर २६ गतेबाट सस्थापन इतर समूहले स्वच्छ, निष्पक्ष महाधिवेशन हुने शुनिश्चितता नभएको भन्दै केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्दै आएको थियो । आफूहरुको त्यो माग पूरा भएपछि बैठकमा सहभागी भएको समूहको सहभागितामा केन्द्रीय कार्यसमितिले महाधिवेशनको मिति सार्वजनिक गरेको हो ।
प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसमा देखिएको मंसिर २६ गतेदेखिको पार्टीमा देखिएको गतिरोध तत्कालका लागि अन्त्य भएको बताए । केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले कार्यतालिकासहित महाधिवेशनको मिति, क्रियाशील सदस्यता छानबीनका लागि समिति गठन गर्ने प्रस्ताव पेस गरेका थिए ।
प्रस्ताव पास गर्न खड्काले आग्रह गर्ने वित्तिकै सबैले टेवुल ठोकेर सर्वसम्मत रुपमा पास गरेको केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए । बैठकले वडा अधिवेशन २०७७ कात्तिक १६ गतेबाट सुरु गर्ने निर्णय गरेको छ । प्रवक्ता शर्माका अनुसार सहमतिमा अव गाउ“÷नगर अधिवेशन ०७७ कात्तिक १८ गते हुनेछ । प्र
देशसभा अधिवेशन कात्तिक २१ गते र प्रतिनिधिसभा अधिवेशन कात्तिक २३ गते गर्ने निर्णय पनि सर्वसम्मतिले बैठकले गरेको छ । एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन पनि त्यसैदिन हुनेछ । त्यस्तै एकभन्दा बढि प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन कात्तिक २५ गते र प्रदेश अधिवेशन मंसिर २९ गते गर्ने निर्णय बैठकले सर्वसम्मतिले गरेको प्रवक्ता शर्माले जानकारी दिए ।
यसअघि संस्थापन इतर समूहको बहिस्कारबीच बसेको केन्द्रीय कार्यसमिति बैठकबाट सभापति देउवाले मंसिर ९ गतेबाट सुरु गर्नेगरी कार्यतालिका ल्याएको थियो । त्यो कार्यतालिकामा गाउ“÷नगर वडा अधिवेशन मंसिर ९ गते, गाउ“-नगरपालिका अधिवेशन मंसिर ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन १५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन मंसिर १७ गते, जिल्ला अधिवेशन मंसिर २५ गते र प्रदेश अधिवेशन २०७७ पुस १५ गते गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।
त्यसमा संस्थापन इतर समूहले असन्तुष्टि जनाएपछि सभापति देउवा सच्याउन तयार रहेको बताएका थिए । शुक्रबार भएको शीर्षनेताहरुको बैठकले बहुमतको निर्णय सच्याएर सहमतिमा महाधिवेशनको मिति यथावत राखेर मातहतका अधिवेशनको मिति परिवर्तन गर्ने सहमति गर्दै त्यो खाका तय गर्न कार्यदल बनाएको थियो ।
कार्यदलमा महामन्त्रीद्वय खड्का र शशांक कोइरा तथा केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखक सदस्य थिए । त्यही कार्यदलको तर्फबाट खड्काले केन्द्रीय कार्यसमितिमा नया“ कार्यतालिका, सदस्यता छानवीन समिति र विधानका धारा निलम्बनबारे प्रस्ताव पेश गरेका थिए ।
बैठकले “क्रियाशील सदस्यता केन्द्रीय छानविन समिति” गठन गर्ने निर्णय पनि सर्वसम्मत गरेको छ । समिति ७ सदस्यीय हुनेछ । समितिमा नरहरि आचार्यलाई संयोजक हुन सभापति देउवाले आग्रह गरेका छन् । आचार्य १३ औं महाधिवेशनमा पनि छानवीन समितिका संयोजक थिए । तर, आयार्यले हुन्छ भनिनसकेको स्रोतले बतायो । सदस्यमा सभापतिले ३, नेता पौडेलले २ र सिटौलाले एक सदस्यको नाम दिनेछन् । अभियान टाइम्सका साथमा ।