• बालुवाटारमा ओलीले बजाए बाँसुरी, नेपाल-खनालले रेटे सारङ्गी प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा रात्रि भोज आयोजना गरेका छन्।

     

    केही दिनअघि बालुवाटारमै नेकपाका सांसदलाई भोज दिएका ओलीले मंगलबार साँझ 'सारंगी साँझ' को आयोजना गरे। नौजना सचिवालय सदस्य, मन्त्रिपरिषद्का सदस्य र नेकपाकै केही नेता तथा पूर्वप्रधानमन्त्रीलाई निम्त्याइएको कार्यक्रममा प्रधानमन्त्री ओलीले बाँसुरीसमेत बजाए।

     

    नेताहरू माधवकुमार नेपाल र झलनाथ खनालले सारंगी रेटेर प्रधानमन्त्री ओलीलाई साथ दिए। तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपाको माघ १५ देखि १९ सम्म चलेको केन्द्रीय कमिटी बैठकपछि ओलीले नेताका लागि निरन्तर भोजको आयोजना गरिरहेका छन्।

     

    माघ १९ गते राति सांसद र पार्टीका केन्द्रीय सदस्यहरुलाई रात्रि भोज दिएलगत्तै ओलीले बालुवाटारमा अर्को राजनीतिक जमघट गरेका हुन्। कार्यक्रममा साहित्यकार कलाकार र पत्रकारहरुको समेत उपस्थिति थियो

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…