•  

    बिराटनगर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले ठुलो रकम खर्चेर सुविधासम्पन्न कलेज भवन निर्माण गर्ने भएको छ । विद्यार्थीहरुको अध्ययन÷अध्यापनलाई थप सहज बनाउँने उद्धेश्यले २ अर्बको लागतमा नयाँ स्तरीय कलेज भवन निर्माण गर्न लागिएको नोबेलले जनाएको छ ।

    कञ्चनवारी स्थित कलेज परिषर भित्र निर्माण हुँने भवनमा सुविधासम्पन्न कक्षा कोठा, प्रयोगशाला, पुस्तकालय, चमेनागृह लगायत रहनेछन् । त्यस्तै १ हजार जना अट्ने क्षमताको अडियोटोरियम हलसमेत रहनेछ । आगामी दुई बर्ष भित्र भवन निर्माण सम्पन्न हुँने नोबेल मेडिकल कलेजका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए ।

    ९ तला बन्ने उक्त भवन २ लाख २४ हजार स्क्वायरफिटको हुँनेछ । नयाँ स्तरीय भवन निर्माण हुँने भएपछि विद्यार्थीहरुलाई अध्ययनका लागि थप सहजता मिल्ने भएको छ । नोबेलमा एम्डी, एमएस, एमवीवीएस, वीडीएस, वीएस्सी नर्सिङ, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन र डिफार्म संकायमा करिव २ हजार विद्यार्थी अध्ययनरत छन् ।

    नोबेलमा ३२ करोडको लागतमा अन्तर्राष्ट्रिय स्तरको बगैंचा र पार्किङ पनि निर्माण भइरहेको छ । स्तरीय स्वास्थ्य सेवा र गुणस्तरीय शैक्षिक वातावरणका हिसावले प्रतिष्ठित बन्दै गएको नोबेलले अरबौंको लगानी थपेर स्तरीयता बढाउँदै लगेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…