•  

    विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा भर्ना भएका एमबीबीएस र बीडीएसका नयाँ बिद्यार्थीलाई सोमबार स्वागतसहित अभिमुखीकरण कार्यक्रम गरिएको छ । नयाँ बिद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराउँने उद्धेश्यले कार्यक्रम गरिएको हो ।

    कार्यक्रममा कलेजका प्राचार्य डा.रामहरी घिमिरे, नायव प्रमुख कार्यकारी अधिकृत डा.विश्वनाथ अधिकारी, प्रा.डा.कृष्णकुमार मल्लिक, कलेजका अन्र्तराष्ट्रिय निर्देशक डा.निरञ्जन कुमार, शैक्षिक निर्देशक प्रा.डा.एजी सिंह लगायतले बिद्यार्थीहरुलाई अनुसाशित भई कडा मेहनत गरेर अध्ययन गर्न सुझाव दिए । उनीहरुले गुणस्तरीय शिक्षामा अन्य कलेज भन्दा नोबेल अब्बल रहेको दावीसमेत गरे ।

    एमवीवीएस र वीडीएस अध्ययनका लागि नेपालका बिभिन्न जिल्लासहित भारतका बिद्यार्थीहरु पनि नोबेलमा भर्ना भएका छन् । नोबेलमा एम्डी, एमएस, एमवीवीएस, वीडीएस, वीएस्सी नर्सिङ, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन, डिफार्म लगायत संकायमा करिव २ हजार बिद्यार्थी अध्ययनरत छन् ।

    गुणस्तरीय शिक्षा र उपयुक्त शैक्षिक वातावरणका कारण नेपालका बिभिन्न जिल्लासँगै भारत, माल्दिभ्स लगायत देशबाट पनि बिद्यार्थीहरु अध्ययनका लागि आउँने गरेको नोबेल मेडिकल कलेजले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…