• काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अब दौडिने बताएका छन् । नेकपाको केन्द्रीय कमिटीको पूर्ण बैठक सकेको पर्सिपल्ट पोखरा आएका उनले पार्टीले गियर बदलेकाले अब दौडिने बताएका हुन् ।

    नेकपा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले बैठकले पार्टीलाई एकढिक्का बनाएकोसमेत बताए । ‘हामीले जस्तो योजना बनाएका थियौं, बैठक त्यस्तै भयो,’ उनले भने, ‘केन्द्रीय कमिटीको बैठकले पार्टी अभूतपूर्व एकताको सन्देश दियो, बैठकको यो महत्वपूर्ण उपलब्धि हो ।’

    बैठक अन्तिमसम्म आइपुग्दा को पूर्व र को पश्चिम भन्नेसम्म बिर्सिएको प्रचण्डले दोहोर्याए । मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)बारे थप स्पष्ट हुन बनाइएको कार्यदलमा पूर्वमाओवादी केन्द्रबाट एकजना पनि सदस्य नपरेपछि भएको खासखुसप्रति अध्यक्ष प्रचण्डले ‘ए हो त, मैले पनि यो कुरामा त ख्यालै गरेको रहेनछु,’ भन्ने जवाफ दिएकोबारे मंगलबारको कार्यकर्ता भेटघाटमा चर्चा भएको थियो ।

    सोही प्रसंग कोट्याउँदै प्रचण्डले भने, ‘बैठक अन्तिमसम्म पुग्दा को पूर्व भन्ने नै बिर्सिइएछ, यो हुनैपर्ने थियो, भयो र राम्रो भयो ।’ ‘बैठकपछि पार्टी ठिक ट्र्याकमा आएको छ,’ ‘उनले भने, ‘पार्टीले बाटो पक्डियो, गियरसमेत बदलिसकेको छ, अब पार्टी दौडिन्छ ।’

    यो समाचार आजको नागरिक दैनिकमा सन्देश श्रेष्ठले लेखेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…